राष्ट्रिय वाणिज्य बैंकले ब्याज रकममा १० प्रतिशत छुट दिने
काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंकले कोभिड–१९ बाट प्रभावित ग्राहकलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिने भएको छ । बैंकका अनुसार २०७८ साल असार मसान्तभित्र कर्जाको किस्ता तथा ब्याज बुझाउने कोभिड–१९ बाट प्रभावित ग्राहकलाई निजहरूले बुझाउने प्रचलित ब्याज रकमको सो मात्राको रकम छुट प्रदान गर्ने निर्णय गरिएको हो ।
यो छुट सुबिधाबाट नेपाल भरका सातवटै प्रदेशका दुुई सय ४७ शाखा कार्यालयका एक लाख ८० हजारभन्दा बढी कर्जा ग्राहकहरू लाभान्वित हुने बैंकले अपेक्षा गरेको छ । यसले गर्दा ग्राहकले नियमितकर्जा भुक्तानी गर्न समस्या हुने देखिएको हुँदा ग्राहकहरूलाई ब्याज रकममा छुट प्रदान गर्दा कर्जा भुक्तानी गर्न सहज हुने तथा व्यवसायको निरन्तरता एवं पुनरुत्थानमा सहयोग पुग्ने बैंकको अपेक्षा रहेको छ ।
हाल विश्वव्यापी रूपमा देखापरेको कोभिड–१९ बाट प्रभावित उद्योग व्यवसायको पुनरुत्थानको लागि नेपाल सरकारले वार्षिक बजेट तथा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत विभिन्न नीतिगत सहुलियतका कार्यक्रमहरू ल्याएको र यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकले गत जेठ ११ गते परिपत्र जारी गरी बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्ना ग्राहकलाई प्रोत्साहन स्वरूप ब्याजदर वा ब्याज रकममा छुट प्रदान गर्नसक्ने व्यवस्था गरिएको जानकारी पनि बैंकले दिएको छ ।
हाल कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्नको लागि जारी गरिएको निषेधाज्ञा तथा बन्दाबन्दीको विषम परिस्थतिका कारण कर्जा ग्राहकको व्यावसायिक कारोबार बन्द रहेको तथा कर्मचारी कामदारहरूको रोजगारी गुमेको कारण नगद प्रवाहमा प्रतिकूल असर परेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया