इ–सेवा र रियाबीच डिजिटल रेमिट्यान्स भुक्तानी सम्झौता
काठमाडौं ।
विश्वकै अग्रणी रेमिट्यान्स सेवाप्रदायक तथा युरोनेट वल्र्डवाइड इंकको सब्सिडरी कम्पनी रिया मनी ट्रान्स्फर र एफवानसफ्टको भगिनी कम्पनी इ–सेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै नेपालीहरूले रियाको सञ्जालमा रहेका विश्वका एक सय ६० देशका चार लाख ७५ हजारभन्दा धेरै स्थानहरूबाट सहजै इ–सेवा वालेटमा रेमिट्यान्स पठाउन सक्नेछन् ।
योे सम्झौताले रिया मनी ट्रान्सफरले विश्वभर रेमिट्यान्सकोे डिजिटल भुक्तानीका लागि गरिरहेकोे प्रयासलाई थप सहयोग पु-याएको छ भने डिजिटल रेमिट्यान्स सेवाको बढ्दो महत्वलाई अझ बढी मान्यता दिएको छ । यसले ‘डिजिटल भुक्तानी इकोसिस्टम’ तीव्र रूपमा निर्माण भएका नेपालजस्ता देशहरुमा रेमिट्यान्सकोे क्षेत्रमा ठूलो सहयोग पुग्नेछ ।
रियासँग अब नेपालको पहिलो र अग्रणी डिजिटल वालेट सेवा प्रदायक इ–सेवाका ४२ लाख बढी ग्राहकसम्म पहुँच हुनेछ । रिया मनि ट्रान्सफरका ग्लोबल सीईओ शौन फिल्डरले यो सहकार्यले यस क्षेत्रमा नयाँ अवसरहरु ल्याउने र सुलभ, सुविधाजनक र किफायती रेमिट्यान्स सेवामार्फत प्रवासी समुदायलाई सहयोग गर्ने बताए ।
एफवान सफ्ट इन्टरनेशनलका अध्यक्ष विश्वास ढकालले अन्तर्देशीय रेमिट्यान्समा विश्वको अग्रणी कम्पनी रियासँग साझेदारी गर्नु २००९ देखि नेपालमा दिगो डिजिटल भुक्तानी इकोसिस्टम निर्माण गर्ने कम्पनीको यात्राको महत्वपूर्ण कोसेढुङ्गा रहेको बताए । उनले भने, ‘हामी वैकल्पिक भुक्तानी सेवाहरू प्रदान गर्ने र वित्तीय सेवामा अधिक पहुँच पु-याउने मात्र होइन विश्वभरका नेपालीहरूका लागि पैसा पठाउँदा लागत घटाउने दिशामा काम गर्न उत्साहका साथ लाग्नेछौँ ।’
यस सहकार्यले नेपाललाई फिन्टेकमा आधारित रेमिट्यान्स सेवाका लागि उदीयमान बजारका रूपमा स्थापित गरेको छ । जहाँ, डिजिटल रेमिट्यान्सले जटिल भूगोल र तीन करोड जनसंख्यालाई परम्परागत किसिमको रेमिट्यान्स कारोबारमा भइरहेका चुनौतीहरुको समाधान गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
- अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
- एनसेलकी एक्टिङ सीटीओ कंसाकार ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड’ बाट सम्मानित
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया