Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपशुपति क्षेत्र विकास कोषमा अनियमितता

पशुपति क्षेत्र विकास कोषमा अनियमितता


काठमाडौँ । पशुपति क्षेत्र विकास कोषमा अनियमितता भएको छ । कोषमा करोडौँ भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ । कोषका सदस्यसचिव डा. प्रदीप ढकाल, कोषध्यक्ष डा. मिलन कुमार थापा कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा र तत्कालीन संस्कृतिमन्त्री योगेश भट्टराई समेतको मिलेमतोमा कोषको योजना महाशाखा प्रमुख इन्जिनियरहरूलाई संलग्न नगराई तत्कालीन लेखा प्रमुख प्रेमहरि ढुंगानाको षड्यन्त्रमा एक करोड पनि नपर्ने बत्तीलाई मन्दिरको पश्चिम ढोकाको उत्तर तर्फको बगैँचामा पहिले नै पर्याप्त हुँदाहुँदै पाँच करोड ५० लाख को लागतमा प्लिजिङ लाइट जडानको नाउँमा भ्रष्टाचार गरेको दाबी उजुरीमा गरिएको छ ।

बजेट विनियोजनको विषयमा परिषद्का सदस्यहरूले विरोध गरेपछि तत्कालीन मन्त्री भट्टराईले पछि अर्को बैठकमा बजेटको कुरा गर्ने भन्दै उठे पनि पछि त्यही दिनको माइन्युट बनाएर बजेट विनियोजन गरी भ्रष्टाचार गरिएको उजुरीमा भनिएको छ । अख्तियारमा बुझाइएको उजुरीमा कोषमा तत्कालीन मन्त्री भट्टराईले कार्यकारी निर्देशक नियुक्ति गर्दा समेत मापदण्ड नहेरी आफ्नो कोटको खल्तीबाट नाम निकाली योग्ज्ञता नपुगेका डा. खतिवडालाई नियुक्त गरिएको र सो समेत छानबिन गर्नुपर्ने माग राखिएको छ ।

भ्रष्टाचारको आरोप लगाई अख्तियारमा उजुरी दिएका व्यक्तिहरू अहिले पनि पदमा बहाल रहेको हुँदा प्रमाणहरू नष्ट गर्नसक्ने भएकोले तत्काल छानबिन गरी कारबाही गर्न अनुरोध गरिएको छ ।कोषका सदस्यसचिव डा. ढकालले नियुक्ति गर्दाको समयमा कार्यकारी निर्देशक डा. खतिवडाको योग्यता नपुग्ने भन्दै कर्मचारी नियमावली २०४५ को परिच्छेद ११ ‘क’ बमोजिम नहुने भन्दै २०७६ पुस २ गते नै नियुक्ति नगर्न भनेका थिए तर तत्कालीन मन्त्री भट्टराईको जोडबलमा सो नियुक्ति भएको अख्तियारमा बुझाइएको उजुरीमा भनिएको छ ।

कार्यकारी निर्देशकको अनुभव र शैक्षिक योग्यता कोषको कर्मचारी नियमावली मा स्नातकोत्तर तह उत्तीर्ण गरी नेपाल सरकारको उपसचिव वा सोसरहको पदमा कम्तीमा १५ वर्षको अनुभव उल्लेख भएको भनिए पनि डा. खतिवडाले पेश गरेको अनुभवमा फिल्म क्षेत्रमा काम गरेको मात्रै उल्लेख भएको र निजले अध्यापन गराएको भनी झूटो विवरण समेत उल्लेख गरेको हुँदा आयोग आफैँ वा पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्बाट छानबिन गराई कारबाहीको गर्नको लागि अनुरोध गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया