Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशमोरङका खुुला नाकाहरूमा प्रहरीकै संरक्षणमा तस्करी !

मोरङका खुुला नाकाहरूमा प्रहरीकै संरक्षणमा तस्करी !


विराटनगर । नेपाल–भारत खुुला सीमा नाकाको सुुरक्षामा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीका अधिकारीहरूको संरक्षणमा नै सीमा नाकाबाट तस्करी हुने गरेको छ । समाचार स्रोतका अनुसार नेपाल प्रहरीका प्रहरी अधिकृतदेखि उच्च तहमा आसीन प्रहरी प्रमुखहरू समेत तस्करीलाई बढावा दिन थालेपछि सीमा सुरक्षाको जिम्मा लिएर बसेको सशस्त्र प्रहरीको बीओपी बेस क्याम्पहरूको साहारामा नै खुलेआम तस्करी हुन थालेको हो ।

हाल तस्करीलाई खुलेआम सहयोग पु¥याउँदै आएको सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टले सशस्त्र बाहिनीपतिदेखि लिएर सीमा सुरक्षाबलका प्रमुख समेतलाई मासिक रकम कबुल गरेर घुस खुवाउने गरेका छन् । पछिल्लो समय खुला सीमा नाकाका विभिन्न ठाउँहरूबाट व्यापक तस्करी मौलाएको छ ।

मोरङको पूर्वी दक्षिण गाउँपालिका धनपाल थानस्थित मायागञ्जमा रहेको छोटी भन्सारले मुस्किलले महिनामा एकदेखि डेढ लाख रुपैयाँ राजस्व संकलन गर्दै आएको छ । छ जनाको दरबन्दी रहेको यो भन्सारका कर्मचारीहरूले प्रायः घाम तापेर दिन बिताउने गरेका छन् । तर सोही गाउँपालिकामा तीन किलोमिटर पश्चिममा रहेको खयरबोना नाकाबाट दैनिक लाखौं रुपैयाँको तस्करी हुँुदै गर्दा समेत प्रहरी र सशस्त्रले अन्देखा गरेर बस्ने गरेको स्रोतको दाबी छ ।

स्रोतका अनुुसार पछिल्लो समय मोरङको दक्षिणी ग्रामीण नाकादेखि दरैया र सुुगरमिल गेटका पुुराना नाकाहरूबाट तस्करी हुने गरेको छ । ग्रामीण भेगहरूमा त घरघरमा गोदाम राखेर खाद्यान्न, हार्डवेयर र अन्य उपभोग्य सामानहरूको व्यापक तस्करी हुुने गरेको छ । अवैध ओसारपसार गर्ने व्यापारीहरूले उपभोग्य वस्तु तस्करी गर्नका लागि स्थानीयका घर भाडामा लिएर गोदाम नै खोलेर भन्सार छलि गरेका वस्तु भण्डारण गर्दै आएका छन् । भारतबाट अवैधरूपमा आयात गरी सीमा क्षेत्रमा भण्डारण गरिएका मालवस्तु व्यापारीहरूले वैध बनाएर विराटनगर बजारतर्फ पठाउने गरेका छन् ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया