महालक्ष्मी विकास बैंक र ई–सेवा फोन–पेबीच सम्झौता
काठमाण्डौँ,माघ ६
महालक्ष्मी विकास बैंक र ई–सेवा फोन–पे प्रालिबीच सम्झौता भएको छ । ग्राहकहरूलाई अझै सरल, सहज र गुण्स्तरीय सेवा प्रदान गर्नका लागि महालक्ष्मी विकास बैंक र ई–सेवा फोन–पे प्रालिबीच आईतबार एक समझदारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र ई–सेवा फोन–पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले हस्ताक्षर गरेका छन् । सम्झौतामा उल्लेख भएबमोजिम ग्राहकहरूले ई–सेवा फोन–पेका एजेन्टहरूमार्फत सजिलै बैंकको खाता खोल्न सक्नेछन् ।
उक्त खातामा बैंकले ग्राहकलाई निःशुल्करूपमा मोबाइल बैंकिङ सेवा, एटीएम सेवा र डलर कार्ड सेवा उपलब्घ गराउनेछ ।बैंकले आगामी दिनमा ई–सेवाको अत्याधुनिक डिजिटल प्रविधिसँग सहकार्य गर्दै ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न सदा तत्पर रहने कुरा जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया