स्टार्टअप र उद्यमशीलता विकास गर्न स्थानीय तहसँग घरेलु महासंघको सहकार्य
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले स्टार्टअप र उद्यमशीलता विकास गर्न स्थानीय तहसँग सहकार्य सुरु गरेको छ । महासंघले मोरङ जिल्लाका तीन स्थानीय निकायसँग महिला तथा युवालक्षित कार्यक्रम गर्न सम्झौता समेत गरेको छ । राजधानीमा आयोजित सम्झौता कार्यक्रममा महासंघले बेलबारी नगरपालिका, केराबारी नगरपालिका र पथरी शनिश्चरे गाउँपालिकासँग महिला तथा युवालक्षित कार्यक्रम गर्न सम्झौता गरेको हो ।
कार्यक्रममा बेलबारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र सुवेदी, पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख दिलिप कुमार राई र महासंघका अध्यक्ष श्याम गिरीबीच हस्ताक्षर भएको थियो । केरावारी गाउँपालिकासँग पनि हस्ताक्षर गर्ने कार्यक्रम भए पनि विशेष कारण हस्ताक्षर हुन नसकेको र पछि हस्ताक्षर गर्ने सल्लाह भएको महासंघले जनाएको छ । सम्झौतामा स्थानीय तहसँग मिलेर महिला, युवा तथा कृषि उद्यमी र स्टार्टअप बिजनेसको विकास र प्रवद्र्धनका लागि सहकार्य गरिने उल्लेख छ ।
यो सम्झौताअनुसार स्थानीयस्तरमा उपलब्ध स्रोत साधनको प्रयोग गरी महिला तथा युवाले उद्योग स्थापना गर्न, व्यवसाय गर्न महासंघ र स्थानीय निकायले सघाउनेछन् । युवा उद्यमीलाई सघाउन र प्रोत्साहित गर्न महासंघले विशेषज्ञ सेवा दिने र स्थानीय निकायले आफ्नो कार्यक्रमअनुसार बजेट तथा सेवाहरू उपलब्ध गराउने सम्झौतापत्रमा उल्लेख छ ।
महासंघसँग रहेको ज्ञान, अनुभव, सीपलाई साटासाट गर्दै त्यसलाई अझ बढी व्यवस्थित गर्दै उद्यमशीलता विकासका साथै पालिकाहरूलाई आत्मनिर्भर पालिका बनाउने लक्ष्यका साथै अगाडि बढ्ने महासंघले जनाएको छ । आफ्नो पालिकाको भूगोलभित्र रहेका सम्पूर्ण जनताको जीवनस्तर माथि उठाउन, आत्मनिर्भर बनाउने, कर्तव्य रहेको महासंघका अध्यक्ष श्याम गिरीले बताए । ‘हाम्रो अभियानको मुख्य उद्देश्य भनेकै हामीसँग रहेका उद्यमशीलताका विज्ञहरूलाई पालिकासँग जोडिदिन्छौँ र उद्यमशीलता र औद्योगीकरणमा सघाउने सम्झौताको उद्देश्य हो’, उनले भने ।
सहमतिअनुसार उक्त नगरपालिका/गाउँपालिका र महासंघले आ–आफूसँग भएको स्रोत, साधन र क्षमताको अधिकतम प्रयोग गर्दै उद्यमशीलता विकास गरी स्थानीय उद्योग व्यवसाय प्रवर्द्धन र स्तरोन्नति गर्ने र नवीनतम सोचमा आधारित उद्यम व्यवसाय सुरुवात र प्रवद्र्धन गराउनेछन् । यो सहमति कार्यान्वयन गर्ने सम्बन्धमा महासंघको केन्द्रीय टोलीले यसबारेको अवधारणापत्रसहित छिट्टै यी पालिकाहरूको भ्रमण गर्ने भएको छ । यी परियोजनाहरू कार्यान्वयन गर्ने मोडालिटीबारे महासंघका सम्बन्धित नगर समिति र नगर महिला उद्यमी समिति, जिल्ला समिति मोरङ र जिल्ला महिला उद्यमी समिति तथा १ नं प्रदेश प्रदेश समिति र प्रदेश महिला उद्यमी समितिसँग संयुक्त छलफल गर्नेछ ।
सम्झौताअनुसार स्टार्टअप बिजनेस गर्न चाहनेलाई सरकारले घोषणा गरेको कर्जा लगानी सहजीकरणका लागि दुवै पक्षले कार्य गर्ने भएका छन् भने महिला, युवा तथा कृषि उद्यमीका लागि सरकारले उपलब्ध गराउने घोषणा गरेको सहुलियतपूर्ण कर्जा तथा पुनर्कर्जा प्राप्तिका लागि दुवै पक्षले सहजीकरण गर्ने भएका छन् ।
यस्तै महासंघ र नगरपालिकाले सञ्चालन गर्ने महिला, युवा तथा कृषि उद्यमी र स्टार्टअप बिजनेससँग सम्बन्धित कार्यक्रमहरूमा एकले अर्कोलाई अनिवार्य सहभागी गराउने भएको छ भने विभिन्न निकायमा यससँग सम्बन्धित आयोजना, परियोजना र कार्यक्रमहरू प्रस्ताव गर्दा एकले अर्कोको सहभागिता र साझेदारीलाई सुनिश्चितता प्रदान गरिने सम्झौतापत्रमा उल्लेख छ । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंह, उपाध्यक्ष सूर्य कँडेल, महासचिव डम्बरप्रसाद रेग्मी, सचिव प्रमिला बस्नेत, कोषाध्यक्ष सत्यनारायण प्रजापतिलगायतको सहभागिता थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, नेपाल
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया