मञ्जुश्री फाइनान्सका तीन नयाँ शाखाको कारोबार शुभारम्भ
काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले नवलपुर जिल्लाको गैँडाकोट, चितवन जिल्लाको हाकिमचोक भरतपुर, र पर्सावजार शाखाको कारोबार शुभारम्भ गरेको छ । फाइनान्स सञ्चालक समिति अध्यक्ष इन्दिरा पण्डित र सञ्चालक समिति सदस्यहरुले शाखा कार्यालयको उद्घाटन गरेकी हुुन् । काठमाडौँको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको यस फाइनान्सको यसअघि नारायणगढ, न्युरोड–काठमाडौँ, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, विरगञ्ज, मुर्गिया, योगीकुटी मणिग्राम र भैरहवा मा १५ वटा शाखा रहेका थिए भने अब थप तीनसहित शाखा संख्या १८ रहनेछ ।
२०७८ साल असार मसान्तसम्म ९६ करोड ५३ लाख चुक्ता पुँजी एवं ५० करोड डिबेन्चर जारी गरेको राष्ट्रियस्तरको फाइनान्सले आठ अर्ब ९१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी सात अर्ब ९५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । यसका साथै यस फाइनान्सले विप्रेशण, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एटीएम सेवालगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँदै आएको छ । फाइनान्सले आर्थिक वर्ष २०७७–०७८ मा ५६ करोड ८१ लाख १८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा २६ करोड ३२ लाख ४४ हजार रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी ९६ करोड ५३ लाख ९५ हजार रुपैयाँ रहेको फाइनान्सले आव २०७७–०७८ मा आठ अर्ब ९१ करोड १७ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब २० करोड ५० लाख ३० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २८ करोड ११ लाख सात हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा दुई दशमलव ३४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव १८ प्रतिशत स्प्रेड दर रहेको फाइनान्सको वितरणयोग्य नाफा भने ४८ करोड ५६ लाख २७ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा भने फाइनान्सले पाँच अर्ब ८४ करोड ८३ लाख ८३ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ८८ करोड २९ लाख २९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३९ करोड ३७ लाख ४३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा तीप्न दशमलव ३६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ५१ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया