बझाङ । बझाङ जिल्लाको थलारा गाउँपालिका–९ सिरेटामा सिस्नोको पाउडर बनाउने मेसिन जडान गरिएको छ । यूयमएन र प्रगतिशील युवा समाजको साझेदारीमा सञ्चालित सिर्जना परियोजनाअन्तर्गत सिर्जना परियोजनाले गठन गरेको नवप्रतिभा आयआर्जन कृषक समूहलाई सिस्नुको पाउडर उत्पादन गर्नको लागि ३५ हजारबराबरको मेसिन सहयोग गरेको हो ।
विपन्न तथा कोरोना महामारीको चपेटामा परेका स्थानीय तहहरूलाई रोजगार बनाउने उद्देश्यले उक्त मेसिन समूहलाई वितरण गरेको सिर्जना परियोजनाका कार्यक्रम संयोजक बलबहादुर ओडले बताए । नवप्रतिभा आयआर्जन कृषक समूहले उत्पादन गरेको सिस्नु पाउडरले थलारामा पर्यटन विकास तथा आर्थिक क्षेत्रको स्तरोन्नतिमा सहयोग पुग्ने समूहका अध्यक्ष प्रयागराज जोशीले बताए । ‘संस्थाले कल्पना पनि नगरेको कामको थालनी गरेर यहाँका विपन्न वर्गहरू एकल महिला, दलित महिला, जनजाति महिलालगायतका महिलाहरूको आर्थिक उन्नतिको बाटो सिर्जना गरेको जोशीको भनाइ छ ।
समूहले मेसिनलाई लाभदायी र दिगोपन बनाउनमा ध्यान दिनुपर्ने र मेसिनलाई उपयुक्त ढङ्गले सञ्चालन गरे थलारा सिरेटाको सिस्नुको पाउडर अन्तर्राष्ट्रिय बजारमा समेत पु¥याउन सकिने सिर्जना परियोजनाकी म्यानेजर इन्द्रा राईले बताइन् । सिस्नुको पाउडरको सेवन गर्नाले ग्यास्ट्रिक, गानुगोला, उच्च रक्तअल्पता, कम रक्तअल्पता, आँखाका रोग, शरीरमा एलर्जी हुनेजस्ता विभिन्न रोगीहरूको लागि लाभदायक मानिन्छ ।
त्यसै गरी थलारा गाउँपालिका–५ मा रहेको कोटभैरव साना किसान कृषि सहकारी संस्थालाई पनि यूयमएन तथा प्रगतिशील युवा समाजले करिब एक लाख ५० हजारबराबरको भटमासको तेल बनाउने मेसिन हस्तान्तरण गरेको कोटभैरव साना किसान कृषि सहकारीका अध्यक्ष हर्कबहादुर विष्टले बताए । सहकारीमा हाल पाँच सय एक जना सेयर सदस्य रहेका छन् ।
थलारा गाउँपालिकामा लागू भएको प्रगतिशील युवा समाज र यूयमएनको साझेदारीमा सञ्चालित सिर्जना परियोजनाअन्तर्गत थलारा गाउँपालिकाका विभिन्न वडाहरूमा र कृषक समूहहरूमा मेसिन तथा कृषि उपज वस्तु बनाउन र वैदेशिक रोजगारीमा गएकाहरूलाई देशमै रोजगारी बनाउने उद्देश्यले आफूहरूले कार्यक्रममार्फत समुदायस्तरमा स्वरोजगारमूलक विभिन्न कार्यक्रम गरेको प्रगतिशील युवा समाजका कार्यकारी निर्देशक लवराज जोशीले बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया