Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसामलिङ पावरले सात करोड ३० लाख रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने

सामलिङ पावरले सात करोड ३० लाख रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने


काठमाडौं । सामलिङ पावर लिमिटेडले सात करोड ३० लाख रुपैयाँबराबरको साधारण सेयर जारी गर्नेभएको छ । कम्पनीले बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडमार्फत यही कात्र्तिक चार गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी सात लाख ३० हजार कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।

उक्त सेयरमध्येमा दुई प्रतिशत अर्थात् १४ हजार छ सय कित्ता कर्मचारीहरूको लागि, पाँच प्रतिशत अर्थात् ३६ हजार पाँच सय कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी छ लाख ७८ हजार नौ सय कित्ता सर्वसाधारणको लागि छुट्याइएको छ । खरिदकर्ताहरूले भने न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् । अधिकृत पुँजी ५० करोड तथा जारी पुँजी ५० करोड रुपैयाँ रहेको कम्पनीको साधारण सेयरको बिक्रीपश्चात् चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्नेछ । कम्पनीको सेयर बिक्री कार्य भने छिटोमा यही कात्तिक आठ गते र ढिलोमा आगामी कात्तिक १८ गते बन्द हुनेछ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया