नर्भिकमा स्तन क्यान्सरको निःशुल्क ओपीडी हुने
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार स्तन क्यान्सरसम्बन्धी निःशुल्क ओपीडी सेवा सञ्चालन हुने भएको छ । शनिबार नर्भिक अस्पतालमा स्तन क्यान्सरको विषयमा निःशुल्क ओपीडी सेवा सञ्चालन हुने भएको हो । स्तन क्यान्सर विशेषज्ञ डा. वानिरा गिरीले शनिबार १० देखि १२ बजेसम्म निःशुल्क ओपीडी सेवा दिने अस्पतालले जनाएको छ ।
पछिल्लो समय नेपाली महिलाहरुमा स्तन क्यान्सरको समस्या बढिरहेको छ । यस्तो अवस्थामा क्यान्सरको शंका लागेका वा लक्षण देखिएकाहरुले आफ्नो निःशुल्क ओपीडी सेवामा आएर लाभ लिनसक्ने डा. गिरीले जानकारी दिइन् । नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिबार निःशुल्क ओपीडी सेवालाई सञ्चालन गर्दै आएको छ ।
यो सेवा अन्तर्गत प्रत्येक शनिबार १० देखि १२ बजे अस्पतालमा कार्यरत कुनै एक विशेषज्ञ डाक्टरले निःशुल्क ओपीडी सेवा दिनेछन् । सर्वसाधारणको निःशुल्क ओपीडी सेवाप्रतिको आकर्षण समेत बढिरहेको अस्पतालले जनाएको छ । निःशुल्क ओपीडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउनसक्ने सुविधा समेत उपलब्ध छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- इलाम–२ मा सर्वपक्षीय बैठक सुरू, मतगणना केहीबेरमा हुँदैे
- लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- एक सय ५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै
- इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो
- नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित
- बझाङमा ४३ प्रतिशत मतदान
- इलाम-२ मा ५२ प्रतिशत मत खस्यो
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया