काठमाडौं । नेपाल सीआरएस कम्पनीले पहिलोपटक डडेल्धुरामा ‘फ्रिडम’ ब्रान्ड नामबाट वातावरणमैत्री सेनिटरी प्याडको शुभारम्भ गरेको छ । बिहीबार डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखरामा रहेको उग्रतारा माविमा एक भव्य कार्यक्रमका बीच सेनिटरी प्याडको शुभारम्भ गरेको हो । अमरगढी नगरपालिकाका नगरप्रमुख विश्वेश्वरप्रसाद ओझा, जर्मन दूतावासका उपप्रमुख साइमन हेन्केले, केएफडब्लुका प्रमुख शंकरराज पाण्डेय, मिस नेपाल वर्ल्ड २०१५ इभाना मानन्धर लगायतले विद्यालयका छात्राहरूलाई एक साथ प्याड हस्तान्तरण गर्दै शुभारम्भ गरेका हुन् ।
ग्रामीण क्षेत्रमा मातृ तथा बालशिशु स्याहार सुधार आईसीएमसीसीआर कार्यक्रमअन्तर्गत महिला तथा किशोरीहरूको महिनाबारी स्वच्छता व्यवस्थापन र सुधारका लागि वातावरणमैत्री सेनिटरी प्याडको शुभारम्भ गरिएको हो । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र जर्मन सहयोग केएफडब्लुबीचको सहकार्यमा प्याडको शुभारम्भ गरिएको सीआरएसका प्रबन्धनिर्देशक जीवलाल पोखरेलले जानकारी दिएका छन् ।
यो कार्यक्रम सुदूरपश्चिम प्रदेशको डडेल्धुरासहित बैतडी, डोटी र बझाङमा लागू छ । यस कार्यक्रमले विद्यालयका छात्रालगायत महिलाहरूमा महिनाबारीका बेला सकारात्मक परिवर्तनको ज्ञान दिने अपेक्षा लिइएको छ । कार्यक्रम सञ्चालन भएका जिल्लामा वातावरणमैत्री प्याड सुपथ मूल्य र सहजै उपलब्ध गराउनुका साथै महिनाबारी भएका बेला स्वस्थ रहन र स्वच्छ वातावरण बनाउन व्यवस्थापनमा सहयोग पु¥याउने लक्ष्य लिइएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- इलाम उपनिर्वाचनको मतगणना सुरु
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ: प्रधानमन्त्री
- तेस्रो लगानी सम्मेलनमा सहभागी अतिथिहरु
- राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश २०८१ जारी
- नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिवद्ध छ: अध्यक्ष ढकाल
- नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सव सम्पन्न
- एनआईसी एसिया बैंकमा खनिया सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
- धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थामा ग्लोबल आईएमई बैंक
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया