नेपालको स्मार्टफोन बजार हिस्सामा रियलमी तेस्रो
काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमी अब नेपालमा पनि सबैभन्दा छिटो अघि बढ्ने स्मार्टफोन बनेको छ । क्यानालिसमा प्रकाशित रिपोर्ट अनुसार २०२१ कोे तेस्रो त्रैमासिकमा तेस्रो स्थानमा रहेको रियलमीको सबैभन्दा ठूलो जित मानिएको छ । रिपोर्टअनुसार नेपालमा रियलमीले अघिल्लो त्रैमासिकका तुलनामा दुई सय ५७ प्रतिशतले बजार वृद्धि गरेको छ । पछिल्लो त्रैमासिकमा अनुमानित सेल–ईन स्मार्टफोन ढुवानीअन्तर्गत यो रिपोर्ट अध्ययन गरिएको थियो ।
हाल नेपाली बजारमा रियलमीले १४ प्रतिशत हिस्सा ओगटेको छ । अघिल्लो त्रैमासिकको तुलनामा यो त्रैमासिकमा रियलमीले दुई सय ५७ प्रतिशत बढीको स्मार्टफोन ढुवानीमा वृद्धि गर्दै सबैभन्दा सफल स्मार्टफोन ब्रान्ड बनेको हो । सामसङले तेस्रो त्रैमासिकमा स्मार्टफोन ढुवानीमा ३९ प्रतिशतको वार्षिक गिरावटको सामना गरेको छ ।
यसैगरी, शाओमीले सोही अवधिमा ५५ प्रतिशतको गिरावटको सामना गर्नुपरेको छ । यस गिरावटपश्चात् पनि यी दुवै स्मार्टफोनहरु क्रमशः ३९ प्रतिशत र २४ प्रतिशतको नेपाली बजार हिस्सा ओगटेर ठूलो ब्रान्डमै यथावत् रहेका छन् । नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोबाइल्सको साथमा रियलमीले नेपालमा २०१९ मा डेब्यु गरेको थियो । अप्रतिस्पर्धी मूल्य निर्धारणका कारण यो नेपालमा सफल हुनसकेको थिएन । यसपछि कम्पनीले नेपालमा आफ्नो रणनीति परिवर्तन गर्ने निर्णय गरेको थियो ।
रियलमीले फेरि शङ्कर ग्रुपको साथमा नेपाल प्रवेश गर्दै प्रतिस्पर्धी मूल्य राख्ने वाचा गरेको थियो । पछिल्लो क्वार्टरमा रियलमीको सबैभन्दा ठूलो उत्पादनहरुमा रियलमी ८ आई, रियलमी सी२१वाई, रियलमी सी२०, रियलमी सी२१ र रियलमी सी११ पर्दछन् । यिनीहरुले शक्तिशाली ब्याट्री, मेगा डिस्प्ले र सुन्दर फोटो जस्ता गुणात्मक विशेषताहरुका साथ उक्त स्थान प्राप्त गरेको हो । हाल रियलमी ले जिटी नियो २ जस्ता डिभाइसहरुसँग आफ्नो पोर्टफोलियो विस्तार गरेको छ । आफ्नो ‘डियर टु लिप’ भन्ने नाराका साथ रियलमीले मानिसहरुको मन जितेको छ । २०२२ सम्ममा नेपालको दोस्रो ठूलो स्मार्टफोन ब्रान्ड बन्ने रियलमीले योजना राखेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
- रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया