लुम्बिनी जनरल इन्स्योरेन्सले १० प्रतिशत लाभांश दिने
काठमाडौं, माघ १९
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले १० दशमलव २३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी ८८ करोड रुपैयाँ मध्येबाट नौ दशमलव ७५ प्रतिशतले हुन आउने आठ करोड ५८ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४८ प्रतिशतले हुन आउने ४२ लाख ९० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरणका सम्वन्धमा सञ्चालक समितीको आइतबार बसेको दुई सय दुई औं बैठकले गरेको निर्णय नियमनकारी निकाय बीमा समितीको स्वीकृति एवं कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया