काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले निर्माण उद्योगलाई व्यवस्थित तथा मर्यादित बनाउन सरकारले नयाँ सार्वजिनक खरिद ऐन ल्याउने तयारी गरेको बताएकी छिन् । १४औँ निर्माण दिवसको अवसरमा नेपाल निर्माण व्यवसायी महासंघले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले सरोकारवाला पक्षहरूको सुझावसहित सरकार नयाँ सार्वजिनक खरिद ऐन ल्याउने तयारीमा लागेको जानकारी दिएकी हुन् ।
निर्माण उद्योगलाई व्यवस्थित तथा मर्यादित बनाउन नियमावलीमा नभई कानुनमै संशोधन आवश्यक भएको उनको भनाइ थियो । निर्माण उद्योगमा योजना छनौटदेखि कार्यान्वयन चरणसम्म समस्या रहेकाले कानुन संशोधन अपरिहार्य भएको बताइन् । यस्तै उनले निर्माण व्यवसायीमैत्री कानुन आवश्यक भएको समेत उल्लेख गरिन् । देशको अर्थतन्त्रलाई चलायमान बनाउन पनि निर्माण उद्योग सशक्त हुनु जरुरी रहेको उनको भनाइ छ । समाज र सिङ्गो मुलुकले निर्माण व्यवसायीलाई इज्जत दिनु जरुरी रहेको भन्दै उनले निर्माण व्यवसायीहरूलाई पनि आफ्नो क्षमता अभिवृद्धि गर्न सुझाव दिइन् । निर्माण कम्पनीहरूलाई मर्ज गरी पब्लिक कम्पनीमा लैजान आग्रह गर्दै उनले निर्माण उद्योगमा क्रियाशील श्रमिकहरूको हकहितलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन् ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगको विकास विस्तारविना समृद्ध मुलुकको परिकल्पना असम्भव रहेको बताए । निर्माण उद्योगमा धेरै समस्या रहेको भन्दै उनले वर्तमान सरकारले व्यवसायीमैत्री ऐन नियम ल्याउनेमा महासंघ आशावादी रहेको समेत बताए । महासंघले निर्माण दिवसको अवसरमा बाजागाजा, प्लेकार्डको प्रदर्शनीसहित दशरथ रङ्गशालाबाट थापाथली, सिंहदरबार हुँदै महासंघ सचिवालय अनामनगरसम्म -याली समेत गरेको थियो ।
महासंघ सचिवालयमा आयोजित समारोहमा महासंघका सल्लाहकार तथा पूर्वअध्यक्ष सुकुन्तलाल हिराचन, निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठ, महासचिव रोशन दाहाल, वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे लगायतले निर्माण व्यवसायीहरूलाई शुभकामना दिएका थिए । निर्माण दिवसकै अवसरमा महासंघले सचिवालयको प्राङ्गणमा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो । उक्त कार्यक्रममा ३४ जनाले रक्तदान गरेका थिए । यसै अवसरमा प्रदेश महासंघ, जिल्ला निर्माण व्यवसायी संघहरूले विविध सामाजिक कार्यक्रम आयोजना गरेको महासंघले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया