ओप्पो इन्नो डे २०२१ ले जित्यो एफओटीडी अवार्ड
काठमाडौं । ओप्पो इन्नो डे २०२१ वेबसाइटले एफडब्ल्यूए (फेवरेट वेबसाइट अवार्ड) मार्फत एफओटीडी (एफडब्ल्यूए) अवार्ड जितेको छ । डिजिटल डिजाइन र मिडिया रचनात्मकताका क्षेत्रमा एक अग्रणी अवार्डका रुपमा रहेको एफडब्ल्यूएमा विश्वभर मध्यबाटै सर्वाधिक प्रगतिशील र अग्रगामी परियोजनाहरुको वास्तविक समयमै छनोट गर्नका लागि ३५ भन्दा बढी देशका पाँच सय व्यावसायिक निर्णायकहरु सम्मिलित छन् । तिनले डिजिटल प्रविधि र कला डिजाइनको संयोजनमा अत्याधुनिक रचनात्मकता प्रदर्शित गरेका योजनाहरुको छनोट तथा सम्मान गर्ने गर्छन् ।
ओप्पो इन्नो डे २०२१ को आयोजना डिसेम्बर १४–१५ मा ओप्पो इन्नो वल्र्डमा गरिएको थियो । इन्नो वल्र्डमा आगन्तुकले आफ्नो इच्छाअनुसार अवतार अनुकूलन गर्ने, तस्बिर खिच्ने तथा नयाँ ओप्पो एयर ग्लास, ओप्पो फाइन्ड एन तथा अन्य अत्याधुनिक प्रविधिहरुको अनुभव लिन सक्थे । साथै, इन्नो वर्ल्डमा तिनले समय र भौतिक सीमाहरु पार गर्ने अनुभव समेत बटुलेका थिए । तिनले स्वतन्त्ररुपमा च्याट गर्ने, विश्वभरका अन्य मानिससँग अन्तर्क्रिया गर्दै इमोजी पठाउने तथा आफ्नो व्यक्तित्व समेत झल्काउने अवसर प्राप्त गरेका थिए । इन्नो डे २०२१ मा २५ लाख आगन्तुकले इन्नो वर्ल्डको भ्रमण गरी ओप्पोका नवप्रवर्तनको अनुभव गरेका थिए । इन्नो वर्ल्ड हाल पनि अनलाइनका माध्यमबाट उपलब्ध छ । तसर्थ, प्रयोगकर्ताले अझै पनि यसका माध्यमबाट रोमाञ्चक भर्चुअल अन्तर्क्रियाको मज्जा लिन सक्छन् ।
फेवरेट वेबसाइट अवार्ड, एफडब्ल्यूएको स्थापना इंग्ल्यान्डको यूकेमा सन् २००० मेमा भएको थियो । पछिल्लो २२ वर्षमा एफडब्ल्यूएले आधिकारिक एफओटीडी (एफडब्ल्यूए अफ दि डे), एफओटीएम (एफडब्ल्यूए अफ दि मन्थ), एफओटीवाई (एफडब्ल्यूए अफ दि इयर) र पिपुल्स च्वाइस अवार्ड्स दैनिक, मासिक र वार्षिक आधारमा वितरण गर्दै आइरहेको छ । यसले डिजिटल डिजाइन तथा वेब डेभलपमेन्ट क्षेत्रमा विश्वभरका डिजाइनरहरुलाई निरन्तर अभिप्रेरित गरिरहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
- अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया