हिमालयन बैंकको २९औँ वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । हिमालयन बैंकको २९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको शुक्रबार सम्पन्न भएको २९औँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीहरूलाई २६ प्र्रतिसत लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले २१ दशमलव ३८ प्रतिशत बोनस सेयर र चार दशमलव ६२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । बैंकको नेपाल इन्भेष्टमेन्ट बैंकसँग हुन लागेको मर्जसम्बन्धी विशेष प्रस्ताव भने साधारणसभाले अस्वीकृत गरेको छ । उपस्थित सेयरधनीमध्ये ७५ प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने सेयरधनीले प्रस्तावको पक्षमा मत दिएमा मात्र सो प्रस्ताव स्वीकृत भएको मानिने व्यवस्था भएकोमा आवश्यक मत नपुगेको कारण अस्वीकृत भएको बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
बैंकका अनुसार विशेष प्रस्तावअन्तर्गत मर्जरको पक्षमा ४३ दशमलव ६३ प्रतिशत, विपक्षमा ४२ दशमलव २९ प्रतिशत र १४ दशमलव नौ प्रतिशतले मत हालेका थिएनन् । बैंकको निक्षेप अघिल्लो वर्षको तुलनामा १३ दशमलव २९ प्रतिशतले बढेर एक खर्ब ४९ अर्ब पुगेको तथा कर्जा सापटी २३ दशमलव ८३ प्रतिशतले बढी एक खर्ब ३२ अर्ब पुगेको बैंकले जनाएको छ ।
बैंकले हाल देशभर ७४ शाखा, पाँचवटा विस्तारित काउन्टर, एक सय ४८ एटीएम र पाँच हजारभन्दा बढी पीओएस टर्मिनलहरूबाट बैंकिङ सेवा दिँदै आएको जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार सिंहको अग्रता कायमै
- इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया