Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकको वृक्षरोपण कार्यक्रम

महालक्ष्मी विकास बैंकको वृक्षरोपण कार्यक्रम


काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिकरूपमा समाजलाई योगदान पु-याउने उद्देश्यका साथ ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम’ सञ्चालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंककोे तीनचुली शाखाले एक विशेष कार्यक्रमका बीच स्पोर्ट स्पेसल क्लबको आयोजनामा काठमाडौँ महानगरपालिका वडा नं. ६ तिनचुली–आरुबारी सडकखण्डमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौँ उपत्यकाको खाली ठाउँहरूमा वृक्षरोपणका साथै बोटबिरुवाको संरक्षण गर्नाले प्राकृतिक सन्तुलन तथा सहरी सुन्दरता पनि बढ्ने बताउदै बैंकले प्रकृति संरक्षणका कार्यहरू गरिरहेकोमा गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिव थापाले धन्यवादज्ञापन गरे । सोही कार्यक्रममा बोल्दै तीनचुली शाखाका शाखा प्रबन्धक शेखर श्रेष्ठले वृक्षरोपण कार्यक्रम सफल पार्न स्थानीय निकायले गरेको सहयोगको सराहना गर्दै आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरू बैंकले अझै प्रभावकारी रूपमा सञ्चालन गर्ने कुराको जानकारी गराए ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल एक सय तीनवटा शाखाहरूमार्फत करिब छ लाख ग्राहकहरूलाई उच्चस्तरीय वित्तीय सेवाहरू सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकहरूको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले भिसा ईएमभी चिप बेस ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एकमात्र विकास बैंक : महालक्ष्मी विकास बैंक रहेको दाबी पनि बैंकले गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया