गणपति लघुवित्तको छ महिनाको नाफा ९६ लाख ३७ हजार
काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ९६ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा दुई करोड ९५ लाख ६३ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १२ करोड ७३ लाख ५६ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासमा ५१ करोड ९७ लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब चार करोड ४४ लाख २८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा छ करोड ३१ लाख ४७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड १३ लाख ९३ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ४२ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ३९ करोड ३० लाख ४१ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ५४ करोड २२ लाख ५३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ६३ लाख ४५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ४१ लाख ९८ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ६६ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया