श्री इन्भेष्टमेन्ट फाइनान्सको नाफा चार करोड ६२ लाख
काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा चार करोड ६२ लाख तीन हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा पाँच करोड ९१ लाख ५८ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ९५ करोड ८६ लाख ७५ हजार रुपैयाँ रहेको फाइनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा छ अर्ब आठ करोड ७३ लाख २४ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ९८ करोड ३७ लाख ७६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ११ करोड एक लाख ५२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शून्य दशमलव ८५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा वितरणयोग्य नाफा तीन करोड २८ लाख ११ हजार रुपैयाँ रहेको फाइनान्सको स्प्रेड दर भने चार दशमलव ११ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले पाँच अर्ब ८८ करोड ४२ लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब २८ करोड ७४ लाख ६४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ११ करोड १७ लाख ९० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शून्य दशमलव ७० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ९८ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया