आईसीएफसी फाइनान्सको नाफा १३ करोड २३ लाख
काठमाडौं । आईसीएफसी फाइनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १३ करोड २३ लाख ६३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा १७ करोड ५१ लाख रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुुँजी एक अर्ब १२ करोड ७१ लाख १५ हजार रुपैयाँ रहेको फाइनान्सले चालू आवको दोस्रो त्रैमासमा १५ अर्ब ४५ करोड ४८ लाख ३८ हजार रुपैयाँ निक्षेप संकलन १२ अर्ब ८६ करोड ९४ लाख ८४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २० करोड ९० लाख ४३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव छ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ३८ प्रतिशत स्प्रेड दर रहेको फाइनान्सको वितरणयोग्य नाफा पाँच करोड आठ लाख ५३ हजार रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले १४ अर्ब ३४ करोड २८ लाख १० हजार रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ३७ करोड १५ लाख १२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १५ करोड ७५ लाख ७९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शून्य दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ८४ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया