सप्तकोशी सिमेन्टद्वारा एक बिलबीजकबाट दोहोरो सिमेन्ट बिक्री गरेको खुलासा
विराटनगर । मोरङका ग्रामीण सहरमा व्यापार विस्तार गरेको सप्तकोशी सिमेन्टले खुलेआम बिलबीजक समेतको प्रयोग नगरी जनतालाई झुक्याएर सिमेन्टको बिक्रीवितरण गर्नेगरेको पाइएको छ ।
मोरङको कटहरीबाट उत्पादन गर्दै आएको शप्तकोशी सिमेन्टले प्रदेश १ को राजधानी विराटनगरसहितका सहरी क्षेत्रमा आफ्नो व्यापार विस्तार गर्न नसकेपछि पछिल्लो समय सुनसरी मोरङ र झापा जिल्लाका अधिकांश ग्रामीण बजारमा आफ्नो वर्चस्व कायम गरिरहेको छ । अधिकांश ग्रामीण सहरमा बिक्रीका लागि पठाइएको सप्तकोशी सिमेन्टको बिलिङ समेत नभएको पाइएको हो । जसले गर्दा सरकरले सिमेन्ट बिक्रीबाट पाउने मुअकर समेतमा सिमेन्ट कम्पनी र सञ्चालकले ठूलो मात्रामा राजस्व छली गर्नेगरेको स्रोतको दाबी छ । सिमेन्ट कम्पनीले सरकारलाई तिर्ने राजस्व र गुणस्तर दुवैमा ठगी गर्दै आएको छ । सरकारी निकायको धज्जी उडाउँदै खुलेयाम गुणस्तरहीन सिमेन्ट बजार पठाउँदा समेत सम्बन्धित निकाय मौन रहेको गुनासो मोरङको ग्रामीण सहरका उपभोक्ताको छ ।
गुणस्तर विभाग पनि सप्तकोशी सिमेन्टका विषयमा मौन रहेपछि सिमेन्ट उद्योगका सञ्चालक आषिस गोयलसँग गुणस्तर विभागको समेत सेटिङ भएको दाबी गर्न थालिएको छ । सिमेन्ट उद्योगका सञ्चालक गोयलले पनि यसैको फाइदा उठाउँदै आफ्नो उत्पादन उच्च गुणस्तरयुक्त भएको दाबी गर्दै आएका छन् । तर उपभोक्तहरूले उक्त सिमेन्टको गुणस्तर नै नपुगेको भन्दै विभागमा उजुरी गरेका छन् । उजुरी गर्दा समेत गुणस्तर विभाग भने मौन बसेको उपभोक्ताको गुनासो छ ।
स्रोतका अनुसार उद्योग सञ्चालक गोयलले मोरङका ग्रामीण सहरमा सिमेन्ट पठाउँदा एउटा बिलबीजकबाट तीनदेखि पाँचवटासम्म व्यावसायिक प्रतिष्ठानमा आफ्नो उत्पादन बिक्रीका लागि पठाउने गरेको छ । त्यसबाट सरकारले पाउने मुअकरदेखि उद्योगी गोयलले बुझाउने आयकर समेतमा व्यापक छली हुनेगरेको पाइएको हो । पछिल्लो समय राजस्व अनुसन्धान कार्यालय पनि राजस्व छलीका सम्बन्धमा अनुसन्धान गर्ने अधिकार कटौती भएपछि मुकदर्शक मात्रै भएको आरोप लाग्न थालेको छ । आन्तरिक राजस्व कार्यालय पनि मोरङका ग्रामीण सहरमा केन्द्रित हुन नसकेको अवस्थामा सप्तकोशी सिमेन्टको राजस्व छली प्रकरणले उग्ररूप लिएको दाबी गर्न थालिएको छ । यसरी सप्तकोशी सिमेन्टका सञ्चालक आषिश गोयलले राजस्व छलीदेखि गुणस्तर विभागसँग चलखेल गरी गुणस्तरहीन सिमेन्ट नै बजारमा पठाउनेसम्मको कामलाई पछिल्लो समय तीव्रता दिएपछि सञ्चालक गोयल र गुणस्तर विभागका बीचमा भएको सेटिङ छताछुल्ल बन्न पुगेको छ ।
सिमेन्ट कम्पनीले सिमेन्ट प्याक गर्दा प्रतिकेजी चार रूपैयाँ ४० पैसा जति सरकारलाई अन्तशुल्कबापतको राजस्व बुझाउनुपर्ने बाध्यकारी व्यवस्था छ । तर सप्तकोशी सिमेन्टका सञ्चालक गोयलले यो सरकारी व्यवस्थालाई समेत चुनौती दिँदै आएका छन् । सिमेन्ट उद्योगीले दिएको जानकारीअनुसार सिमेन्ट गुणस्तरहीन तथा कमसल बनाउने म्याग्नेसियम र आईआर रेसियो धेरै तथा थोरै हुनु पर्दछ । तर सप्तकोशी सिमेन्टमा म्याग्नेसियमको कमीले बलियोपना घट्ने र त्यसको आईआर रेसियो बढी हुँदा चर्किने र भत्किने क्रम बढ्ने गरेको कारण उक्त सिमेन्टमा उपभोक्ताको गुनासो बढेको हुनसक्ने कुरा बताइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
- महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण
- नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम
- एनसेलको आकर्षक बोर्डर रोमिङ प्याक
- भारतीय खाद्यवस्तुहरूमा क्यान्सर निम्त्याउने रसायन
- धारणा, विचार, सिद्धान्त र ज्ञानको स्रोत के हो ?
- नेपालमा बीमा कम्पनीहरूको वास्तविकता
- न्युयोर्कमा इही कार्यक्रम २०२४ सम्पन्न
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया