सिभिल मलमा लालकाजी गुरुङको वक्रदृष्टि
काठमाडौं, माघ २४
पछिल्लो समयमा देशमा ठूला व्यापारिक मलहरु बन्ने क्रम जारी छ । यस्ता मलहरु केही एकल लगानीमा बनेका पाइएका छन् भने केही कम्पनी अनि केही व्यक्ति—व्यक्ति मिलेर बनाएको पाइएको छ । जुन रुपमा मलहरु निर्माण भए पनि मुलुकको आवश्यकता अनि व्यापार—व्यवसायको एकीकरणमा अर्थपूर्ण भूमिका निभाएकामा शंका गर्ने ठाउँ छैन ।
काठमाडौंको मुटु सुन्धारामा दुईवटा मल सीटीसी मल र सिभिल मल सिभिल होम्स प्रालिले निर्माण गरेको छ । यी दुवै मलका सञ्चालक सिभिल होम्सका अध्यक्ष इ. इच्छाराज तामाङ्ग हुन् । सीटीसी मलमा सिभिल होम्सको लगानीका साथै विभिन्न व्यक्तिहरुको लगानी रहेको पाइएको छ भने सिभिल मलमा सिभिल होम्सको ५० प्रतिशत र व्यवसायी लालकाजी गुरुङ्गको ५० प्रतिशत सेयर रहेको पाइएको छ ।
५० प्रतिशत हिस्सा रहेका कारण यस सिभिल मलको व्यवस्थापन हेर्ने जिम्मा पाएका जग्गा व्यवसायी लालकाजी गुरुङ्गले यस मललाई साझेदारी जिम्मेवारी बिर्सेर आफूखुसी सञ्चालन गर्दै आएका मात्र छैनन् कि सञ्चालक समितिले मलको आम्दानी खर्च पेश गर्न भन्दा नगर्ने, सञ्चालक समितिले हिसाब चेक गर्न गठन गरेको कमिटीलाई हिसाब चेक गर्न समेत नदिनेजस्ता व्यवसायको मर्यादाविपरीतका कार्यहरु गर्दै आएको स्रोतले बताएको छ ।
अर्काेतर्फ साझेदारी मलका रुपमा रहेको सिभिल मलको व्यवस्थापनको तथ्य एकातर्फ रहेकै अवस्थामा लालकाजी गुरुङ्गले विभिन्न सरकारी निकायमा सो मल मेरो एकलौटी हो भनी भन्दै गर्दा आधिकारिक प्रमाण पनि देखाउनुपर्ने हुन्छ । आजसम्म सो सिभिल मलको व्यवस्थापनका अध्यक्षका रुपमा सिभिल होम्सका अध्यक्ष इ. इच्छाराज तामाङ्ग नै रहेको देखिन्छ । सिभिल बिजनेस कम्प्लेक्स प्रालिको तीन सदस्यीय सञ्चालक समितिमा एक सदस्यका रुपमा मात्र लालकाजी गुरुङ्ग रहेको पाइन्छ । यसबाट पनि पुष्टि हुन्छ कि सो मलमा ५० प्रतिशतभन्दा बढी हिस्सा सिभिल होम्सको रहेको छ ।
अर्कातर्फ लालकाजी गुरुङ्गले सिभिल विजनेश प्रालि जारी गरेको सेयर खरिद गरी सोही सेयर कित्ता धितो राखेर सिभिल सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्थाबाट लिएको ऋण वर्षौँसम्म नतिर्दा झण्डै ५० करोडको हाराहारीमा सहकारीको ऋण पुगेको स्रोतले बताएको छ । सहकारीले बारम्बार ऋण चुक्ता गर्न पत्राचार गर्दा समेत उनले ऋण नतिरी जनताको पैसामाथि खेलबाड गरेको स्रोतको दाबी रहेको छ ।
जनताको पैसाको ग्यारेन्टी लिएर बसेको सहकारीहरुले ऋण लगाउन मात्र नभई उठाउन पनि सक्नु पर्छ र ऋण लिनेले ऋण तिर्नु पनि पर्छ । यसबाट के देखाउछ भने लालकाजी गुरुङ्गले सिभिल मलमा मात्र होइन सिभिल सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्थामा समेत वक्रदृष्टि राखेको पाइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया