बलेफी हाइड्रोपावरले १८ करोड २७ लाख रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने
काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीको आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाअन्तर्गत जुगुल गाउँपालिका, सुनकोशी गाउँपालिकालगायतका क्षेत्रमा सर्वसाधारणको लागि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १८ लाख २७ हजार नौ सय ७० कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।
बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलमार्फत यही माघ २७ गतेबाट खुला हुने साधारण सेयरको बिक्री कार्य छिटोमा फागुन १२ गते र ढिलोमा फागुन २७ गते बन्द हुुनेछ । कम्पनीका अनुसार खरिदकर्ताहरूले न्यूनतम १० देखि अधिकतम एक लाख कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् । बिक्री गरिने कुुल सेयरमध्येमा ४० प्रतिशत अर्थात् सात लाख ३१ हजार एक सय ८८ कित्ता आयोजना प्रभावित सुनकोशी गाउँपालिकाका जनताको लागि र बाँकी ६० प्र्रतिसत अर्थात् १० लाख ९६ हजार सात सय ८२ कित्ता सिन्धुपाल्चोक जिल्लाको जुगुल गाउँपालिकाका स्थानीय जनताको लागि छुट्याइएको कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया