माछापुच्छ्रे क्यापिटल लिमिटेडको औपचारिक उद्घाटन
काठमाडौं, माघ २४
माछापुच्छ्रे बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको माछापुच्छ्रे क्यापिटल लिमिटेडको एक औपचारिक कार्यक्रमबीच उद्घाटन भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र माछापुच्छ्रे बैंकका अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतोले क्यापिटलको संयुक्तरूपमा उद्घाटन गरेका हुुन् । उक्त समारोहमा बोर्डका अध्यक्ष ढुंगानाले माछापुच्छ्रे क्यापिटल लिमिटेडले देशको खुम्चिएको पुँजीबजार क्षेत्रको विकास गर्न तथा नयाँ क्षेत्रहरूको पहिचान गरी नयाँ कार्यक्रमहरू बजारमा ल्याउन सफल होस् भन्ने शुभकामना व्यक्त गरे ।
साथै, पुँजीबजार क्षेत्रमा नवीनता ल्याउन जरुरी भएको परिप्रेक्ष्यमा यस क्यापिटलले थप व्यावसायिकता र थप नयाँ कार्यशैलीसहित मर्चेन्ट बैंकिङ क्षेत्रमा प्रवेश गर्नेछ भन्ने विश्वास लिएको जानकारी गराए । त्यस्तै, माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतोले माछापुच्छ्रे क्यापिटललाई व्यावसायिक शुभारम्भको अवसरमा बधाई दिए । क्यापिटलले आफ्नो व्यवसाय विस्तारको क्रममा राजधानीभित्र मात्र नभई देशभरि रहेका लगानीकर्ताहरूलाई सेवा पु-याउनुपर्नेमा जोड दिँदै अन्य सेवाको रूपमा क्यापिटललाई विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे । उक्त समारोह माछापुच्छ्रे क्यापिटलका अध्यक्ष सन्तोष कोइरालाको सभापतित्वमा सन्पन्न भएको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
- महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण
- नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम
- एनसेलको आकर्षक बोर्डर रोमिङ प्याक
- भारतीय खाद्यवस्तुहरूमा क्यान्सर निम्त्याउने रसायन
- धारणा, विचार, सिद्धान्त र ज्ञानको स्रोत के हो ?
- नेपालमा बीमा कम्पनीहरूको वास्तविकता
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया