एमडीजीपी डाक्टर पुगेपछि जिरी अस्पतालमा शल्यक्रिया सुरु
दोलखा । दोलखाको जिल्ला अस्पताल जिरीमा दुई वर्षदेखि एमडीजीपी डाक्टर नहुँदा बन्द रहेको शल्यक्रिया सेवा फेरि सुरु भएको छ । एमडीजीपीसहित आवश्यक जनशक्ति जुटाएर अस्पतालका एमडीजीपी डाक्टर देबेन्द्र गौतमले रोकिएको शल्यक्रिया सेवा सुरु गरेको बताए ।
स्वास्थ्य जनशक्ति अभावले बन्द रहेकोे शल्यक्रिया सेवा आइतबारदेखि सञ्चालनमा आएको हो । बन्द रहेकोे सो सेवा एक स्वास्थ्य समूह बनाएर सुरु गरेको अस्पतालका एमडीजीपी प्रमुख डाक्टर गौतमले जानकारी दिए । दुई साताअघि अस्पताल प्रमुख बनेर जिरी आएका डाक्टर गौतमले आफ्नो नेतृत्वमा पाँच जनाको स्वास्थ्य समुह बनाएका छन् । उक्त समूहले रामेछापबाट सुत्केरीको लागि आएकी एक गर्भवती महिलाको सफल शल्यक्रिया गरेर सेवा सुचारु गरेको हो ।
रामेछापको गोकुलगंगा गाउँपालिका ३ की निरमाया तामाङको शल्यक्रियामार्फत प्रसूति गराइएको डा. गौतमले बताए । गौतमसहित पाँच जनाको स्वास्थ्य टोलीले तामाङको सफलतापूर्वक शल्यक्रिया गरेका हुन् । तामाङले छोरी जन्माएकी छिन् । लामो समयदेखि बन्द रहेकोे शल्यक्रिया सुचारु भएकाले अब जिरी आसपासका पुरुष तथा महिलाले महँगो शुल्क तथा यातायात खर्च गरेर चरिकोटसम्म जानुपर्ने बाध्यता हटेको डा. गौतमले बताए । त्यस्तै अस्पतालका सेवालाई थप व्यवस्थित गर्दै अझ प्रभावकारी बनाउने उनको भनाइ छ । करिब एक महिनाअघि भीमेश्वर नगरपालिकाले चरीकोट अस्पतालमा कार्यरत गौतमलाई स्वास्थ्य मन्त्रालयमा फिर्ता पठाएको थियो । पछि प्रदेश सरकारले गौतमलाई जिल्ला अस्पताल जिरीको प्रमुख बनाएर पठाएको हो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया