महालक्ष्मी विकास बैंकद्वारा नेपाल मानव धर्म सेवा समितिलाई कुर्सी प्रदान
काठमाडौं । महालक्ष्मी विकास बैंकले पुतलीसडक तथा चाबहिल शाखाको संयुक्त आयोजनामा सोमबार गौशालास्थित नेपाल मानव धर्म सेवा समितिलाई एक सय ५५ वटा कुर्सी हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग प्रदान गरेको जनाएको छ ।
हिन्दुहरूको महान् उत्सव महाशिवरात्रिको पूर्वसन्ध्यामा नेपाल मानव धर्म सेवा समितिलाई कुर्सी हस्तान्तरण गरिएको हो । उक्त सहयोग ग्रहण गर्दै नेपाल मानव धर्म सेवा समितिका केन्द्रीय प्रमुख महात्मा चमेली बाइजीले बैंकले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गरे । महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शन गर्न आउने तीर्थालु तथा भक्तजनहरूलाई विश्राम गर्न सजिलो होस् भन्ने उद्देश्यले उक्त सहयोग गरेको पुतलीसडक शाखाका शाखा प्रबन्धक निरञ्जन कुइकेलले जानकारी गराए । बैंकले कोर बैंकिङमा मात्र नभई संस्थागत सामाजिक क्रियाकलापमा समेत अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको छ ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल एक सय तीनवटा शाखाहरूमार्फत करिब छ लाख ग्राहकहरूलाई उच्चस्तरीय वित्तीय सेवाहरू सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकहरूको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा ईएमभी चिप बेस ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एकमात्र विकास बैंक : महालक्ष्मी विकास बैंक रहेको दाबी पनि बैंकले गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया