चार्टर्ड एकाउन्टेन्टले मात्र अडिट गर्न पाउने प्रावधान हटाउन माग
काठमाडौं । नेपाल अडिटर्स एसोसिएसन (अडान)ले राज्यका विभिन्न निकायको लेखापरीक्षण चार्टर्ड एकाउन्टेटबाट मात्र गराउने व्यवस्था हटाउन माग गरेको छ । उक्त व्यवस्था विभेदकारी भएको भन्दै अडानले त्यसलाई तत्काल सच्च्याई ‘नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट मान्यताप्राप्त लेखापरीक्षकबाट सम्बन्धित निकायको लेखापरीक्षण गरिनेछ’ भन्ने व्यवस्था गर्न माग गरेको छ ।
अडानको पाचौँ राष्ट्रिय महाधिवेशनपछिको सातौँ बैठकले लेखापरीक्षकहरूमाथि भए/गरेका विभेदहरूको अन्त्य गर्न, देशको अर्थतन्त्रमा देखिएका समस्याहरूको समाधान, बढ्दो मूल्यवृद्धि कम गर्न तीनवटै तहका सरकारको ध्यानाकर्षण समेत गराएको छ । यस्तै बैठकले छैटौँ राष्ट्रिय महाधिवेशन २०७९ जेठ २० र २१ गते काठमाडौंमा गर्ने निर्णय पनि गरेको छ । अडानका अध्यक्ष मोहनराज रेग्मीको अध्यक्षतामा शुक्रबार र शनिबार बसेको बैठकले जनसरोकारका १७ बुँदे विशेष प्रस्तावहरू समेत पारित गरेको अडानले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
अडानले देशमा हाल देखापरेको तरलता अभाव, कोभिडबाट प्रभावित आर्थिक अवस्था, न्यायालयमा देखा परेका समस्याहरूलाई सुझबुझपूर्ण समन्वयबाट समाधान गर्न सरकारसँग माग गरेको छ । यस्तै रसियाले युक्रेनमा गरेको हमलाले विश्वको पछिल्लो राजनीतिलाई तरङ्गित तुल्याएको भन्दै दुवै देशका बीचमा भएको युद्धले विश्वको अर्थव्यवस्थामा हलचल ल्याएको, रसिया र युक्रेनबीचको तनावसँगै कच्चा तेलमा अस्वाभाविक मूल्यवृद्धि हुनाका साथै सुन, चाँदीलगायतका वस्तुहरू महँगिएकोले विश्व सेयर बजारलाई नराम्रोसँग असर गरिरहेको अडानले जनाएको छ । अडानले युद्ध अन्त्य र शान्तिका लागि अपिल समेत गरेको छ ।
विसं २०५३ मा नेपाल चार्टर्ड एकाउन्टेन्टस ऐन जारी हुँदाका बखत नै रजिस्टर्ड अडिटरहरूका सम्बन्धमा विभेदकारी प्रावधानहरू कायम भएकोले अडानले आफ्नो स्थापनाकालदेखि नै यसमा सुधार गर्नुपर्ने माग गर्दै आएको जनाएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन २०५३ को संसोधन गरी परिवर्तित परिस्थतिमा नयाँ ऐन जारी गर्न पनि अडानले सरकारसँग माग गरेको छ । अडानले ७० वर्षदेखिको नेपालीको गणतन्त्रमार्फत राष्ट्रिय पुँजीको निर्माण गर्दै समाजवादउन्मुख अर्थतन्त्र विकास गर्ने परिकल्पना साकार पार्ने काममा सबै राजनीतिक पार्टी, सामाजिक अभियन्ता र विद्वत वर्ग आपसि मनोमालिन्य र संकीर्णताबाट माथि उठी देशकोे विकासमा लाग्नुपर्नेमा जोड दिएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया