विराटनगर, फागुन ५
उद्योग संगठन मोरङको आयोजनामा ‘आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नाराका साथ विराटनगरमा ‘विराट एक्स्पो’ सञ्चालन भइरहेको छ । विराटनगरको शंकरपुरमा जारी मेला अवलोकन गर्नेको घुइँचो रहेको छ । एक्स्पो अवलोकन गर्नुका साथै त्यहाँ प्रदर्शनीमा राखिएका सामान बजारभन्दा सस्तो भएपछि किन्नेको अत्यधिक भीड बढेको आयोजकले बताएको छ । मेला अवलोकन गर्न आन्तरिकका साथै भारतको विहारबाट समेत आएका छन् ।
मेलामा करिब ४५ हजारभन्दा बढीले मेला अवलोकन गरेको प्रचारप्रसार संयोजक नन्दु राठीले जानकारी दिए । उनले भने, ‘हामीले अपेक्षा गरेभन्दा बढीले मेलाको अवलोकन गर्न आएका छन् । यही गतिले मेला अघि जाने हो भने हामीले सोचेको र भनेको अवलोकनकर्ता संख्या धेरै हुने देखिन्छ ।’ साथै करिब पाँच करोड बढीको कारोबार भएको आँकलन मेला आयोजकको छ । मेलामा आएका व्यक्तिले विगतभन्दा धेरै व्यवस्थित रहेको बताएका छन् । मेलामा कपडाका साथै भान्सामा प्रयोग हुने समान किन्नेको धेरै भीड रहेको छ । यसपटक आयोजकले मेलाको अर्को आकर्षण हेलिकोप्टरबाट विराटनगर बजारको दृश्यावलोकन गर्ने रहेको छ ।
होराइजन होलिडेले हेलिकोप्टरको व्यवस्थापन गरेको छ । उसले मेलाबाट पाथीभरा दर्शनको ५० हजार, हलेसी दर्शनको ४५ हजार र विराटनगर बजार दृश्यावलोनको ७ हजार ५ सय रुपैयाँमा सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ । नोबेल मेडिकल कलेज मुख्य प्रायोजक रहेको मेला फागुन १० गतेसम्म सञ्चालन हुनेछ । मेलामा दैनिक उपभोग्य वस्तु, कृषिजन्य उत्पादन, लत्ताकपडा तथा मनोरञ्जनका सामग्री, खानाका स्टल प्रदर्शनीका लागि राखिएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया