शाओमीको तीन नयाँ इको–सिस्टम उत्पादनहरू नेपाली बजारमा
काठमाडौं । शाओमीले तीन नयाँ इको–सिस्टम उत्पादनहरू नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले शाओमी एस एक एक्टिभ, रेड मी स्मार्ट ब्यान्ड प्रो र मी होम सेक्युरिटी क्यामरा ३६० नेपाली बजारमा ल्याएको हो । शाओमीको स्मार्ट अप्लाएन्स सेग्मेन्टअन्तर्गतको होम सेक्युरिटी क्यामरा घरको सुरक्षाको निम्ति हो भने बाँकी दुई स्मार्टवाचहरु हुन् ।
कम्पनीका अनुसार शाओमी एस् वान एक्टिभ फिट्नेसमा रुची राख्ने व्यक्तिहरुको लागि उपयोगी लेटेस्ट र स्टाइलिश स्मार्टवाच हो । यसमा १. ४३ इन्चको हाई रेजोल्युसन एमोलेड डिस्प्ले र ६० हर्जको हाइ रिफ्रेस स्क्रिन रहेको छ । यसले चौबीसै घण्टा मुटुको चाल रेकर्ड गर्नुको साथै अन्य एक सय १७ वटा फिट्नेस मोडहरु पनि रहेको छ । नर्मल मोडमा १२ दिन र ब्याट्रि सेभर मोडमा २४ दिन टिक्ने यो स्मार्टवाच वाटर प्रुफ पनि छ । खेलप्रेमीहरुको लागि विशेष रुपमा डिजाइन गरिएको यो स्मार्टवाच हलुका हुनुको साथै यस मा भएको डुअल ब्यान्ड जीपीएसले मल्टिपल स्याटेलाइट नेभिगेसन सिस्टम सपोर्ट गर्छ । यस्तै रेड्मी स्मार्ट ब्यान्ड प्रो पनि १. ४७ इन्चको फुल एमोलेड डिस्प्लेसहित उपलब्ध छ । यसले रगतमा भएको अक्सिजन लेभल जाँच्नुको साथै चौबीसै घण्टा मुटुको चाल पनि रेकर्ड गर्छ । वाटर रेसिस्टन्ट यो स्मार्टवाचमा एक सय १० भन्दा बढी वर्क आउट मोडहरु छन् ।
त्यस्तै मी होम सेक्युरिटी क्यामरा ३६० बाट मधुरो उज्यालोमा पनि फुल कलर प्यालेट देख्न सकिन्छ । यी क्यामराहरुले ३६० एंगलबाटै मोसन डिटेक्ट गर्दै तुरुन्तै अलार्म पठाउँछन्, जसले गर्दा घरमा कोही प्रवेश गर्नलागेको जानकारी पहिला नै पाइन्छ । साथै यसमा भएको टु वे अडियो टक ब्याक फिचरले गर्दा जहाँबाट पनि आफ्नो परिवारसँग कुरा गर्न सकिन्छ । यसमा ३२ जीबीसम्मको स्टोरेज छ । शाओमी एस वान एक्टिभ स्मार्टवाचको मुल्य नेपाली रुपैयाँ २२ हजार नौ सय ९९ रुपैयाँ छ भने रेड मी स्मार्ट ब्याण्ड प्रोको मूल्य छ हजार एक सय ९९ रुपैयाँ छ । त्यस्तै मी होम सेक्युरिटी क्यामरा ३६० को मूल्य चार हजार चार सय ९९ रुपैयाँ छ । यी तीनवटै उत्पादनहरु मी नेपालको सम्पूर्ण आधिकारिक स्टोरहरुमा उपलब्ध छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया