माछापुच्छ्रे बैंकद्वारा ‘विश्व वातावरण दिवस २०२२’को उपलक्ष्यमा वृक्षरोपण
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले विश्व वातावरण दिवस २०२२ को उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यही जेठ २२ चन्द्रागिरि नगरपालिका वडा नं. ०३ स्थित सेतीदेवी, दुमाल डाँडा, जेसिज वनमा वृक्षरोपण गरेको छ । बैंकले सफा, सुन्दर र हरितमय वातावरण बनाउन जेसिज थानकोट र लुम्बिनी वर्ल्ड पिस फोरमसँगको सहकार्यमा दश लाख वृक्षरोपण अभियानअन्तर्गत विश्व वातावरण दिवसको अवसरमा उक्त वृक्षरोपण कार्यक्रममा सहभागी भएको हो ।
बैंकले विशुद्ध बैंकिङ सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरूलाई सहयोग गर्दै आएको थियो । त्यस्तै बैंकले विभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरूमा पनि सरकारलाई सहयोग गर्दै आएको छ । बैंकले हाल देशका सातवटै प्रदेशमा एक सय ६५ वटा शाखा, आठवटा एक्सटेन्सन काउन्टर, एक सय ६६ शाखारहित बैंकिङ सेवा, दुई सय पाँचवटा एटीएममार्फत १३ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया