मन्दाकिनी हाइड्रोले पाँच करोड ८८ लाख रुपैयाँको आईपीओ जारी गर्ने
काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले पाँच करोड ८८ लाख तीन हजार सात सय रुपैयाँबराबरको साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको जारी पुँजी ५८ करोड ८० लाख ३६ हजार नौ सय रुपैयाँमध्येबाट १० प्रतिशतको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी पाँच लाख ८८ हजार ३७ कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीका अनुसार यो सेयर आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको माछापुच्छे«े गाउँपालिका वडा नं २, ३, ४ र ६ का स्थानीयवासीको लागि खुल्ला गरिएको हो । बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य यही असार एक गतेबाट सुरु भई छिटोमा असार १५ गते र ढिलोमा असार ३० गते बन्द हुनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया