दुई तिहाइ बहुमतको दर्बिलो सरकारले मुलुकमा द्रुत गतिका आर्थिक विकास भइरहेको दाबी गरिरहेका बेला नेपालको दातृ निकायहरूमध्येको एक प्रमुख दातृ निकाय मानिने एसियाली विकास बैंकले आफूअन्तर्गतका परियोजनामा लगानी गरेको छ । तर, तीमध्ये अधिकांश आयोजनाको कार्य सुस्त रहेको उसले निष्कर्ष निकालेको छ ।
राजनीतिक संक्रमणकाल सकिएपछि मुलुकमा बन्दहड्तालको अन्त्य भएको छ । अहिले नेपालमा जननिर्वाचित सरकार मात्र छैन, दुई तिहाइ बहुमतको सरकार अत्यन्त बलियो पनि छ । यस्तो अवस्थामा नेपालको विकास दु्रत गतिमा हुनु पर्ने हो । सैद्धान्तिकरूपमा प्रधानमन्त्रीले विकास दु्रत गतिमा हुनेछ भन्नुभएको होइन, दु्रत गतिमा विकास भइरहेको छ । विकास देख्न नचाहनेले नदेखेका छन्, मन मुटु भएका सम्पादक नभएकाले नलेखेका हुन् भन्नुभएको हो । तर, प्रधानमन्त्रीले भनेजस्तो दु्रत गतिमा विकास निर्माणको काम भएको आर्थिक विकासका कुनै पनि सूचकांकले देखाएका छैनन् । एसियाली विकास बैंकको मध्यावधि समीक्षाको निष्कर्षले पनि प्रधानमन्त्रीको दाबीलाई सत्य साबित गर्न सकेन ।
नयाँ परिवेशमा नयाँ सरकार आएपछि मुलुकमा तीव्ररूपमा विकास निर्माण हुनुपर्ने थियो । मुलुकका हरेक क्षेत्रमा यही अपेक्षा थियो । । नयाँ सरकार आएपछि मुलुक विकास निर्माण गर्न नयाँ टिम आएको छ । प्रधानमन्त्रीले हिजोसम्म आफूमा आश्रित व्याक्तिहरूलाई महत्वपूर्ण जिम्मेवारी सुम्पनुभएको छ । देशमा परिवर्तन हुन नसके पनि उनीहरूको जीवनमा चाहिँ आमुल परिर्वतन आएको छ । उनीहरूको जीवनशैलीमा आएको परिवर्तनलाई हेरेर प्रधानमन्त्रीले सिङ्गो मुलुकमा दु्रत गतिमा विकास भएको देख्नुभएको हो भने उहाँको दृष्टिदोष मात्रै हो । दुई तिहाइ बहुमतको सरकार आएको दुई वर्षसम्ममा पनि जनताको आर्थिक तथा सामाजिक उन्नतिमा कुनै बढोत्तरी भएको छैन ।
जनताले देशका लागि केही गर्लान् कि भनेर आशा गरेका प्रधानमन्त्री यसरी आसेपासे र तमासे एवं सीमित स्वार्थी समूहको घेराबन्दीमा परेर त्यसकै स्वार्थअनुसार परिचालित हुनु कसैका लागि पनि राम्रो होइन । उहाँले त्यो घेरा नाघेर बाहिर आउने प्रयास गर्नु प-यो । जनताको हितमा काम गर्ने साहस देखाउनु प-यो । होइन भने जनतालाई सधै माछो–माछो भ्यागुतो भनेजस्तो गरिरहनु भएन । बोली र व्यवहारमा उल्टो भइरहेको छ । एसियाली विकास बैंकको चासो पनि यही हो । उसले गरेको मध्यावधि समीक्षाले दक्षिण एसियाली मुलुकहरूमा नेपालको विकास गति सबैभन्दा सुस्त रहेको छ । तर, सरकार त्यो मान्न तयार छैन । सरकारले त्यसलाई आत्मसात गर्न नसक्नु अर्को चिन्ताको विषय बनेको छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया