विशिष्ट व्यक्तिको उडानमा अनिवार्य दुई पाइलट राख्नुपर्ने
काठमाडौं । नेपाल सरकारले तोकेका विशिष्ट व्यक्तिको हवाई उडानमा दुई जना हेलिकोप्टर पाइलट राख्नुपर्ने व्यवस्था नेपाल नागरिक उड्डयन प्राधिकरणले अनिवार्य गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण, सञ्चालक समितिको बैठक सकिएलगत्तै प्राधिकरणले विज्ञप्ति जारी गर्दै नेपालको आन्तरिक उडानमा रहेका हेलिकोप्टरलाई अबका दिन विशिष्ट व्यक्तिको सवारीमा अनिवार्य दुई जना पाइलट रहनुपर्ने निर्णय गरिएको जनाएको छ । त्यसैगरी प्राधिकरणले स्वचालित प्रणालीले तोकेबमोजिम दुई जना पाइलट राख्नुपर्ने अनिवार्य व्यवस्था समेत गरेको छ ।
हाल नेपालमा १० वटा निजी र नेपाल सरकारको एक गरी ११ वटा हेलिकोप्टर कम्पनी छन् । प्राधिकरणले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको पार्किङ क्षमता भरिएकाले काठमाडौंबाहिर हेलिकोप्टर र जहाजलाई सार्ने निर्णय समेत गरेको छ ।
हवाई जहाज सञ्चालक कम्पनीले यही असार १३ देखि तोकिएका आधार विमानस्थलमा जहाज पार्किङ गर्नुपर्ने जनाएको छ । त्यस्तै हेलिकोप्टरले पनि यही ७ गतेदेखि तोकिएका काठमाडौँबाहिरका विमानस्थलमा रात्रि बिसान गरी पहिलो उडान ती विमानस्थलबाटै अनिवार्य गर्नुपर्ने भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘सुर्ती सेवनबाट दैनिक ७३ जनाको मृत्यु’
- मोरङ उद्योग व्यापार संघको निर्वाचन हुँदै
- समसामयिक राजनीतिक व्यङ्ग्य
- बैंकिङ प्रणालीमा २४ करोड निक्षेप पठाउँदै राष्ट्र बैंक
- बीमा कम्पनीहरूबाट एक खर्ब ४० अर्ब बीमाशुल्क सङ्कलन
- वैदेशिक रोजगारीका लागि एक महिनामा ७० हजार युवालाई श्रम स्वीकृति
- व्यवसायीहरूमा कर आतङ्क
- गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया