आईएमई जनरल इन्स्योरेन्स र स्टिम सेन्टरबीच सम्झौता
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र स्टिम सेन्टरबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतामा आईएमई जनरलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र स्टिम सेन्टरका अध्यक्ष डा. बजरङ कुमार रौनियारले हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात् आईएमई जनरल इन्स्योरेन्सका कर्मचारी तथा ग्राहकहरूलाई स्टिम सेन्टर बत्तीसपुतली, काठमाडौंमा प्राप्त हुने सेवाहरू जस्तैः प्याथोलोजी टेस्ट, रेडियोलोजी टेस्ट, फार्मेसी, डेन्टन तथा अप्थोमोजिकल प्रोडक्टहरूमा १५ प्रतिशतसम्म छुट प्राप्त हुनेछ । सोही अवसरमा स्टिम सेन्टरबाट प्राप्त हुने प्याथोलोजीको एक सय ८९ भन्दा बढी त्यसैगरी रेडियोलोजीको ८१ भन्दा बढी डेन्टलको ३७ भन्दा बढी टेस्टलगायत अन्य सेवाहरू समेतमा १५ प्रतिशतसम्मको छुट प्राप्त हुने हुनाले आईएमई जनरल इन्स्योरेन्सका सम्पूर्ण ग्राहकहरूले आवश्यकताअनुसारका सेवा प्राप्त गर्नसक्ने संस्थाले जनाएको छ ।
साथै सोही अवसरमा आईएमई जनरलका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले स्टिम सेन्टरसँग आबद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरूलाई आवश्यक पर्ने निर्जीवन बीमासम्बन्धी सम्पूर्ण सेवाहरू आईएमई जनरलबाट सहजरूपमा प्राप्त गर्नसक्ने जानकारी गराए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया