‘सामाजिक उत्तरदायित्व ग्रामीण क्षेत्रमा झल्किनु पर्छ’
काठमाण्डौं,फागुन ८
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थाहरूले छुट्याउने नाफाको एक प्रतिशत सामाजिक उत्तरदायित्वअन्तर्गतको रकम ग्रामीण क्षेत्रमा खर्च गर्दा प्रभावकारी हुने बताएका छन् । बैंक अफ काठमाडौँंको २५औं जन्मोत्सवलाई सम्बोधन गर्ने क्रममा गभर्नर नेपालले उक्त कुरालाई जोड दिएका हुन् ।
गर्भनर नेपालले ग्रामीण क्षेत्रमा एक लाख रूपैयाँ दिए पनि एक करोडबराबरको भ्यालु राख्ने हुँदा गाउँउन्मुख हुँदा ग्रामीण क्षेत्रको विकासको साथसाथै वित्तीय क्षेत्रको परिचय झल्काउन पनि महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले राष्ट्र बैंकले तोकेका क्षेत्रहरूमा बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वको भूमिका प्रभावकारी रूपले खेलेकोमा प्रशंसा गर्दै सामाजिक क्षेत्रको विकासलगायत अन्य क्षेत्रमा कसैले राम्रो गर्न चाहन्छ भने राष्ट्र बैंक दिल खोलेर सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
मर्ज र पुँजी वृद्धिसँग सम्बन्धित राष्ट्र बैंकको नीतिमा धेरै टिकाटिप्पणीहरू भएको पुरानो कुरालाई स्मरण गर्दै डा. नेपालले भने, हिजो धेरैले गाली गर्नुभो । राम्रो भएन, वित्तीय संस्थालाई विगार्ने नीति ल्यायो । काम गर्न समस्या प¥यो भनेर धेरैले टिप्पणी गर्नुभयो । कुनै सञ्चार माध्यमले सकारात्मक ढंगले विश्लेषणात्मक समाचार बनाउनु भएन तर पनि हामी बिचल्ली भएनौँ । वित्तीय क्षेत्रलाई मजबुत बनाउनु हाम्रो कर्तव्य भएकोले कर्तव्यबाट कहिल्यै पछि हटेनौँ । मर्ज भएका संस्थालाई हेर्नुस् हिजोको अवस्था र आजको अवस्थामा कति फरक छ । खोइ कसैको पनि मर्जपछि नाफा घटेको देखिँदैन त ! मर्जमा गएका सबै वित्तीय संस्थाहरू मजबुतीको यात्रा गरिरहेका छन् । अहिले बल्ल राष्ट्र बैंकले राम्रो गरेको रहेछ हामीले नबुझेका रहेछौँ भन्न सुरु भैसकेको छ ।
नेपाल राष्ट्र बैंकले नीति नियमहरू सुक्ष्म अध्ययन र अनुसन्धानपछि ल्याउने हुँदा तत्कालको लागि नभए पनि दीर्घकालीनरूपमा प्रभावकारी भूमिका खेल्ने बताउँदै डा. नेपालले भने यतिबेला हाम्रो मुख्य चुनौती साइबर क्राइमको हो । केही समयभित्रै उक्त समस्याको पूर्ण समाधान हुन्छ । त्यसको लागि राष्ट्र बैंकले आवश्यक कदमहरू चालिसकेको छ । वित्तीय क्षेत्रले त्यो कुराको धेरै चिन्ता लिइरहनु पर्ने अवस्था छैन् । वित्तीय क्षेत्रले केवल राज्यको अर्थतन्त्रलाई बजबुत बनाउन र उत्पादन वृद्धिमा लगानी गर्नुपर्नेमा जोड दिए । विदेशिने युवाहरूलाई लक्षित गर्दै गभर्नर नेपालले भने, ‘देशमा धेरै अवसरहरू छन् । हाम्रो मुख्य समस्या भनेको काम गर्दा लाज मान्नु नै हो । अहिलेको समयमा पनि आफ्नो काम गर्दा लाज मान्ने हो भने कहिल्यै प्रगति प्रगति गर्न सक्दैनौँ । अवसरले हामीलाई हेरेको छ तर हामीले अवसलाई पहिचाहन गर्न सकेनौँ । अवसरको पहिचाहन गरी यही माटोमै सुन फलाउनु पर्छ ।’
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया