कुमारी बैंक र माया मेट्रो अस्पतालबीच सम्झौता
काठमाडौं । कुमारी बैंक लिमिटेड र धनगढी, कैलालीस्थित माया मेट्रो अस्पतालबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई माया मेट्रो अस्पतालबाट प्रदान गरिने स्वस्थ्योपचारसम्बन्धी सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।
उक्त सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरूले सो अस्पतालबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट र क्रेडिट कार्डबाट गर्दा ल्याब, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राम, एन्डोसकोपी, बेड चार्जमा १० प्रतिशत छुट र ओटी, अम्बुलेन्स सेवामा पाँच प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यो सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।
बैंकले आफ्ना देशव्यापी एक सय ९७ वटा शाखा सञ्जाल, एक सय ८६ वटा एटीएम, ४५ शाखारहित बैंकिङ एकाइ तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आएकोे र आगामी दिनहरूमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सफल साक्षरताका आधार र सात ‘स’
- प्रकोप नमानिएको ‘डढेलो प्रकोप’
- आगामी आवको बजेट राष्ट्रिय सूचकमा पछि परेमा केन्द्रित
- ‘स्वास्थ्य सेवा सुनिश्चितताका लागि स्वास्थ्य बीमा अपरिहार्य’
- ‘सुर्ती सेवनबाट दैनिक ७३ जनाको मृत्यु’
- मोरङ उद्योग व्यापार संघको निर्वाचन हुँदै
- समसामयिक राजनीतिक व्यङ्ग्य
- बैंकिङ प्रणालीमा २४ करोड निक्षेप पठाउँदै राष्ट्र बैंक
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया