सोलुबाट १२ सय क्विन्टल बढी जडीबुटी निकासी
सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक आर्थिक वर्ष मा १२ सय क्विन्टलभन्दा बढी जडीबुटी (गैरकाष्ठ वन पैदावर) निकासी भएको छ । गत आर्थिक वर्ष २०७८/०७९ मा जिल्लाको सामुदायिक, निजी र राष्ट्रिय वन क्षेत्रबाट १२ सय ४८ दशमलव ३ क्विन्टल जडीबुटी निकासी भएको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ ।
कार्यालयका सहायक वन अधिकृत आनन्द चौधरीका अनुसार सामुदायिक वनबाट ६० हजार छ सय १० किलो, निजी वनबाट ४९ हजार एक सय किलो र राष्ट्रिय वनबाट १५ हजार एक सय २० किलो जडीबुटी निकासी भएको हो । लिखुपिके, सोताङ र माप्यदुधकोशी गाउँपालिका क्षेत्रबाट बढी मात्रा जडीबुटी निकासी भएको छ ।
जिल्लामा सामुदायिक वन ३२ हजार सात सय ३ दशमलव ९६ हेक्टर, निजी एक सय ८५ दशमलव पाँच हेक्टर र राष्ट्रिय वन छ हजार आठ सय ८५ दशमलव तीन हेक्टर क्षेत्रफलमा फैलिएको छ । ती वन क्षेत्रहरूबाट मछिनो, चिराइतो, मजिठो, लोक्ता, अर्गेली, कालो तथा सेतो मुस्ली, धुपीको पात तथा चोइटा, मलागिरी, तितेपाती, विषजरा, गोब्रे सल्लाको पात, कुट्की, पदमचाल, पाखम्भेद, बुकीफूललगायतका जडीबुटी निकासी हुनेगरेको अधिकृत चौधरीले बताए । उक्त जडीबुटीहरू औषधिका लागि झापा, काकड्भिट्टा, काठमाडौं हुँदै भारत निकासी हुनेगरेको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच भोलि औपचारिक भेटवार्ता
- चुरे संरक्षणमा तीनै तहका सरकार, स्थानीय र सरोकार भएका सबैको सहकार्य अपरिहार्य: प्रधानमन्त्री
- लोमान्थानमा पश्मिना डिडस्टिङ प्लान्ट स्थापना
- क्याम्पस प्रमुखको हत्या घटनाबारे छानबिन गर्न माग
- ताप्लेजुङमा बाढी पहिरोबाट दर्जनौँ परिवार विस्थापित
- असार ३१ गतेदेखि मनकामना केबुलकार ५० दिन बन्द हुने
- विश्व रक्तदाता दिवस २०२४ सम्पन्न
- भोजपुरको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन माग
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया