एनएमबीले भित्र्यायो दुई करोड ५० लाख अमेरिकी डलर
काठमाडौं । एनएमबी बैंक लिमिटेडले विश्व बैंक समूहको सदस्य आईएफसीबाट तेस्रो आवधिक कर्जा दुई करोड ५० लाख अमेरिकी डलरको कर्जा लगानी भित्र्याएको छ । एनएमबी बैंकले तीन अर्ब १७ करोड ५० लाख रूपैयाँबराबरको विदेशी मुद्रा भित्र्याएको हो ।
एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी र आईएफसीका दक्षिण एसिया क्षेत्रीय निर्देशक हेक्टर गोमेज आङबीच बिहीबार राजधानीमा आयोजित कार्यक्रममा ऋणपत्र सम्झौतामा हस्ताक्षर भएको हो । यो कर्जाले हालको असहज परिवेशमा उत्पादन मुलक क्षेत्रमा कर्जा लगानी बढाउन मदत पुग्ने बताइएको छ ।
एनएमबी बैंकले चार वर्षको अवधिमा आईएफसीबाट लगातार तीन पटक कर्जा प्राप्त गरिसकेको छ । यसअघि एनएमबीले दुई पटक गरी पाँच अर्ब रूपैयाँबराबरको विदेशी मुद्रामा कर्जा लगानी भित्र्याइसकेको छ । प्राप्त कर्जासँगै बैंकले हाल तरलता (लगानीयोग्य रकम) को समस्याबाट केही हदसम्म सहजता मिल्ने बताएको छ । यस्तो कर्जा मुलुकको आर्थिक समृद्धिका लागि साना घरेलु तथा मझौला उद्योगको क्षेत्रमा प्रवाह गरिने बैंकले जनाएको छ ।
कोभिड–१९ को कारणले गर्दा साना तथा मझौला कर्जाको क्षेत्रमा भएको खाडललाई परिपूर्ति गर्न र उक्त क्षेत्रहरूमा नयाँ उद्यमीहरूलाई प्रोत्साहित गर्न सक्षम बनाउन यो कर्जाले महत्वपूर्ण योगदान दिने बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले बताए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचन : एमाले उम्मेदवार नेम्बाङ मतान्तर बढाउँदै
- बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार सिंहको अग्रता कायमै
- इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया