दक्षिण एसियाली किकबक्सिङ प्रतियोगितामा भाग लिन नौ सदस्यीय नेपाली टोली भुटान प्रस्थान
काठमाडौं । भुटानमा हुनलागेको पाँचौँ दक्षिण एसियाली किकबक्सिङ प्रतियोगितामा भाग लिन नौ सदस्यीय नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ । उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेका थिए ।
सदस्यसचिव घिसिङको बिदाइपश्चात् उनीहरू बिहीबार भुटान गएका हुन् । नेपाल सो–क्योकुसिन कराँते संघले उक्त प्रतियोगितामा भाग लिनका लागि देशभरबाट छनोट भएका छ जना खेलाडी र तीन जना अफिसियल कर्मचारीलाई भुटान पठाएको हो । भुटानमा यही अगष्ट २० र २१ मा निङ्गा स्पोर्ट फेरेडेसन तथा इन्टरनेसनल अल स्पोट्र्स गेम फेरेडेसनको संयुक्त आयोजनामा उक्त प्रतियोगिता हुनलागेका हो ।
प्रतियोगितामा भाग लिन नेपालबाट राजकुमार श्रेष्ठ, जगत बहादुर धामी, भुवन हायू, दल बहादुर घले, मुकेश लुईँटेल, जयराम ब्लोन, कविन देसाई, सिवानी श्रेष्ठ र कसिस कुमारी क्षेत्री भुटान गएको नेपाल सो–क्योकुसिन कराँते संघका अध्यक्ष राज कुमार श्रेष्ठले जनाकारी दिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया