दिव्य लघुुवित्तको दोस्रो त्रैमासिक नाफा २२ लाख ४६ हजार
काठमाण्डौँ,फागुन १५
दिव्य लघुुवबत्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २२ लाख ४६ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ३० लाख ३८ हजार रूपैयाँले ऋणात्मक रहेको थियो । चुक्तापुँजी सात करोड ७० लाख रूपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा सात करोड ७६ लाख ८१ हजार रूपैयाँ निक्षेप संकलन गरी ४२ करोड २० लाख पाँच हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा एक करोड २४ लाख ७८ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ६९ लाख ४८ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ११ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले ३३ लाख ७५ हजार रूपैयाँ निक्षेप संकलन गरी तीन करोड ३८ लाख १६ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १८ लाख ८० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव १० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया