कुमारी बैंक र श्रीकृष्ण पोलिक्लिनिकबीच सम्झौता
काठमाडौं । कुमारी बैंक लिमिटेड र देवदह ०५, खैरेनी, रूपन्देहीस्थित श्री कृष्ण पोलिक्लिनिक प्रालिबीच कुमारी बैंकका ग्राहकहरूलाई कृष्ण पोलिक्लिनिकबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।
सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरूले सो श्री कृष्ण पोलिक्लिनिकबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट, क्रेडिट कार्डबाट गर्दा ओपीडी शुल्कमा ५० प्रतिशत, एक्स–रे मा १० प्रतिशत, ल्याब टेस्टमा १५ प्रतिशत, प्रक्रिया, ड्रेसिङ शुल्कमा १० प्रतिशत र औषधि शुल्कहरूमा तीनदेखि पाँच प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ । बैंकले हाल आफ्ना देशव्यापी एक सय ९८ शाखा सञ्जाल, एक सय ९४ एटीएम, ५० शाखारहित बैंकिङ इकाइ तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आएकोे छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया