सीवाईसी लघुवित्तको नाफा आठ करोड तीन लाख
काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–०७९ मा आठ करोड तीन लाख २९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा पाँच करोड १८ लाख रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १२ करोड १६ लाख ४१ हजार रुपैयाँ रहेको संस्थाले आव २०७८–०७९ मा एक अर्ब ३९ करोड ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ५९ करोड दुई लाख चार हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २१ करोड ९९ लाख ५४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १३ करोड ४७ लाख ९४ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ९५ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले ८८ करोड १६ लाख ४६ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७४ करोड ९५ लाख ३८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १३ करोड ९८ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम छ करोड २७ लाख २१ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ८४ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया