शंखरापुर नगरपालिकाद्वारा सय दिनको काम सार्वजनिक
काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकाले एक सय दिनको कार्यप्रगति सार्वजनिक गरेको छ । बुधबार साँखुमा एक कार्यक्रमको आयोजना गरी नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठले नवनिर्वाचित जनप्रतिनिधिहरूको एक सयदिने उपलब्धि सार्वजनिक गरेका हुन् ।
सय दिनको अवधिमा नगरवासीलाई निःशुल्क स्वास्थ्य, शिक्षाको व्यवस्था गरिएको उनले बताएका छन् । गर्भवती महिला, ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा, साँखुमा रहेको सुषमा कोइराला मेमोरियल अस्पतालसँग द्विपक्षीय सम्झौता गरी सात प्रकारका उपचार सेवा निःशुल्क तथा ११ वटा उपचार सेवामा ३० देखि ६० प्रतिशत सहुलियत छुटमा स्वास्थ्य सेवाको व्यवस्था गरिएको उनले जानकारी दिए ।
इन्द्रायणी नगर अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको र मेयरसँग निःशुल्क घरदैलो स्वास्थ्य सेवा कार्यक्रमको सुरुवात गरिएको उनले जानकारी गराए । यस्तै शिक्षातर्फ कक्षा ११ को शिक्षा निःशुल्क गरिएको छ भने स्थानीय मातृभाषा ‘नेपाल भाषा र तामाङ भाषा’मा पाठ्यक्रम तयारी कार्यदल गठन भएको जानकारी गराएका छन् ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले जनप्रतिनिधिहरू, कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधि, समाजसेवीलगायतको सामूहिक प्रयासबाट मात्रै शंखरापुर नगरपालिकाको समृद्धि, सुशासन र विकास सम्भव रहेको बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया