बैंकिङ कसुर गरी फरार भएका व्यक्ति पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले दुई करोड ६१ लाख रुपैयाँ बिगो कायम भएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका स्थायी घर भई हाल काठमाडौंको नक्सालमा बस्दै आएका ५० वर्षीय ब्रजेश उपाध्यायलाई आइतबार पक्राउ गरिएको हो ।
बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७९ साउन २३ गतेको फैसलाले प्रतिवादी उपाध्यायलाई बिगो दुई करोड ६१ लाख ५५ हजार एक सय ७५ रुपैयाँ भराई, बिगोबमोजिम दुई करोड ६१ लाख ५५ हजार एक सय ७५ हजार रुपैयाँ जरिवाना, क्षतिपूर्ति शुल्क १० लाख ४६ हजार दुई सय सात रुपैयाँ पीडित राहत कोषमा उपलब्ध गराई, दुई महिना १५ दिन कैद हुने ठहर भएको प्रहरी उपरीक्षक कोइरालाको भनाइ छ ।
सो पश्चात् हालसम्म फरार रहेका प्रतिवादी उपाध्यायलाई कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबार काठमाडौंको नक्सालबाट पक्राउ गरी आइतबार नै फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरेको प्रहरी उपरीक्ष कोइरालाले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘सुर्ती सेवनबाट दैनिक ७३ जनाको मृत्यु’
- मोरङ उद्योग व्यापार संघको निर्वाचन हुँदै
- समसामयिक राजनीतिक व्यङ्ग्य
- बैंकिङ प्रणालीमा २४ करोड निक्षेप पठाउँदै राष्ट्र बैंक
- बीमा कम्पनीहरूबाट एक खर्ब ४० अर्ब बीमाशुल्क सङ्कलन
- वैदेशिक रोजगारीका लागि एक महिनामा ७० हजार युवालाई श्रम स्वीकृति
- व्यवसायीहरूमा कर आतङ्क
- गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया