Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकालिका लघुवित्तको नाफा एक करोड ३१ लाख

कालिका लघुवित्तको नाफा एक करोड ३१ लाख


काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड ३१ लाख ६७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा चार करोड ८० लाख १७ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ३१ करोड २८ लाख ७५ हजार रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक अर्ब ४४ करोड ८३ लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ९४ करोड ५२ लाख ६१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सोे अवधिमा सात करोड ११ लाख ५४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ९४ लाख ८९ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ३७ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब २५ करोड ९० लाख ८० हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ३८ करोड २१ लाख ८५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा सात करोड ६३ लाख ५७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ९९ लाख ८५ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ३२ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया