टेलिकमको निर्वाचन अफर सार्वजनिक
काठमाडौं । नेपाल टेलिकमले निर्वाचन अफर ल्याएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा सूचना आदानप्रदान गर्न र निर्वाचन परिणाम थप सहजाताका साथ मोबाइलमै प्राप्त गर्नका लागि टेलिकमले निर्वाचन अफर उपलब्ध गराएको हो ।
यस अफरमार्फत अझ सहज दरमा डाटा र भ्वाइस प्याकहरु उपलब्ध गराइएको छ । डाटा प्याकअन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा जम्मा दुई सय ९४ रुपैयाँमा उपलब्ध छ । यसैगरी छ जीबी डाटा तीन दिनसम्म प्रयोग गर्न सकिने प्याक मात्र ९८ रुपैयाँमा उपलब्ध छ । एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने एक एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा ४९ रुपैयाँमा उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिन्छ । यो अफर आइतबारदेखि सुरु भएको र आगामी मंसिर ११ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।
आगामी मंसिर ११ गतेसम्म मोबाइलबाट स्टार१४१५ह्याक्स डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ । निर्वाचनको समयमा उपलब्ध हुने यस अफरबाट ग्राहकहरुले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा कम्पनीले राखेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सहकारी समस्या समाधान गर्न अधिकारसम्पन्न आयोग आवश्यक
- सुर्तीजन्य करप्रति सरकार किन उदार ?
- दोहोरियो मुलुकको औद्योगीकरणको विषय
- लघुवित्त क्षेत्रप्रतिको जनविश्वास फिर्ता ल्याउने सरकारको घोषणा
- बबईमा डुबेर दाजुभाइको मृत्यु
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- नीति तथा कार्यक्रम : गण्डकीका कुन-कुन योजना परे ?
- प्राइम सहकारीकाे एक अर्व ५४ कराेड हिनामिना, अध्यक्ष कार्कीसहित आठ पक्राउ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया