सिटिजन्स बैंकको विस्तारित काउन्टर राइनास नगरपालिकामा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले राइनास नगरपालिकामा विस्तारित काउन्टर सेवा सुरु गरेको छ । विगत डेढ दशकदेखि अनवरतरूपले सर्वसुलभ र सुरक्षित बैंकिङ सेवा पु-याउँदैै आएको बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ सेवाको आवश्यकताहरुलाई मध्यनजर राख्दै आफ्नो दोस्रो विस्तारित काउन्टर राइनास नगरपालिका वडा नं ४, सातबीसे बजार, लमजुङमा कात्तिक २७ गतेदेखि भोटेवडार शाखाको मातहतमा रहनेगरी उक्त विस्तारित काउन्टर सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको छ । यसअघि नै बैंकले मकवानपुर जिल्लामा रजैया विस्तारित काउन्टर सेवा सञ्चालनमा ल्याइसकेको छ ।
सुविधासम्पन्न यो विस्तारित काउन्टरमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्ने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, रेमिट्यान्ससम्बन्धीको सेवाहरुलगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्तरूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।
बैंकले देशैभरि फैलिएका आफ्ना एक सय ८० वटा शाखा, दुईवटा विस्तारित काउन्टर, एक सय ३३ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ इकाइहरुबाट करिब १५ लाख हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इलाम- २ मा मतगणना ११ बजेबाट सुरु हुँदैे
- इलाम–२ मा सर्वपक्षीय बैठक सुरू, मतगणना केहीबेरमा हुँदैे
- लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- एक सय ५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै
- इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो
- नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित
- बझाङमा ४३ प्रतिशत मतदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया