‘टिकटक कम्पिटिसन’मा मोक्तान सर्वाेत्कृष्ट घोषित
काठमाडौं । एसवाई बजार प्राइभेट लिमिटेडको आयोजना भएको टिकटक कम्पिटिसनमा रवीन मोक्तान सर्वाेत्कृष्ट टिकटकर्ता घोषित भएका छन् । घोषितसहित उनी एक लाख ५० हजार रकमसहित पुरस्कृत भएका छन् ।
एसवाई बजार प्रालिद्वारा आइतबार राजधानीमा आयोजित पुरस्कार वितरण कार्यक्रममा मोक्तानसहित अन्य १५ जना नगद पुरस्कारबाट पुरस्कृत भएका छन् । पहिलो हुने एक जना, दोस्रो हुने दुई जना, तेस्रो तीन जना, चौथो हुने चार जना र पाँंचौँ हुने पाँंच गरी कुल १५ जनालाई नौ लाख रुपैयाँं नगद पुरस्कार प्रदान गरिएको हो । एसवाई बजार नाइन लाख जिंगल च्यालेन्ज कम्पिटिसनमा सहभागीहरुमध्ये उत्कृष्टलाई नगद पुरस्कार प्रदान गरिएको हो । कम्पनीका अध्यक्ष होङ योङ ढोङलगायतका कम्पनीका पदाधिकारीहरुले उनीहरुलाई नगद पुरस्कार वितरण गरेका थिए ।
पहिलो पुरस्कार रविन मोक्तानले एक लाख ५० हजार नगद पाए भने दोस्रो पुरस्कार हेमन्त पाण्डे र अजय श्रीस मगरले प्रतिव्यक्ति एकाएक लाख रुपैयाँ नगद पाए । तेस्रो हुने तीन जना विशेष सिग्देल, रेश्मा राई र गोकुल नकर्मीलाई प्रतिव्यक्ति ७५ हजार नगद वितरण गरिएको थियो । चौथो चार जनाले प्रतिव्यक्ति ५० हजार नगद पुरस्कार पाएका थिए । यस्तै पाँचौँमा पाँच जनाले प्रतिव्यक्ति ३० हजार नगद पुरस्कार पाएका थिए । यसअघि प्रतिस्पर्धीहरुमध्ये पुरस्कृत हुने १५ जनाको नाम छनोट गरिएको थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया