राष्ट्रिय वाणिज्य बैंक र घोराही उपमहानगरपालिकाबीच सम्झौता
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र दाङ जिल्लाको घोराही उपमहानगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बिहीबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलतासम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्नेगरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्नेछ र सोही उद्यमीहरूलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जाअन्तर्गत कर्जा लगानी गर्नेछ । सम्झौताले नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) अन्तर्गतको कर्जा कार्यान्वयनमा सहयोग पु-याउने विश्वास लिइएको छ ।
समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले यो सम्झौताले युवामा उद्यमशीलताको विकास गरी राष्ट्रिय उत्पादन र रोजगारीमा जोड्न सघाउ पु-याउने बताए । घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले उद्यमशीलताको विकास भई सानो–सानो आम्दानीका लागि वैदेशिक रोजगारीमा जाने संस्कारको न्यूनीकरण हुने बताए । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले राज्यले अवलम्बन गरेको सहुलियतपूर्ण कर्जा प्रवाहको पृष्ठभूमिको बारेमा बताउँदै उत्पादन, रोजगारी र आय श्रृजना गरी आर्थिक विकासमा योगदान पु-याइरहेको बताए ।
उक्त कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, सल्लाहकार अरुणकुमार शर्मा, बैंकका उपकार्यकारी अधिकृत विनयरमण पौडेल तथा कर्मचारीहरू उपस्थिति रहेको थियो । कृषि तथा सामाजिक बैंकिङ विभागका विभागीय प्रमुख ऋषभ भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकामसहित दुई सय ६५ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, दुई सय ६८ वटा एटीएम र एक सय दुईवटा शाखारहित बैंकिङ रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
- महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण
- नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम
- एनसेलको आकर्षक बोर्डर रोमिङ प्याक
- भारतीय खाद्यवस्तुहरूमा क्यान्सर निम्त्याउने रसायन
- धारणा, विचार, सिद्धान्त र ज्ञानको स्रोत के हो ?
- नेपालमा बीमा कम्पनीहरूको वास्तविकता
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया