दरम खोला हाइड्रो इनर्जीको साधारण सेयरको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल
काठमाडौं । दरम खोला हाइड्रो इनर्जीले साधारण सेयर निष्काशन गर्ने भएको छ । सेयर निष्काशनको लागि कम्पनीले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । नियुक्तिसम्बन्धी सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र दरम खोला हाइड्रो इनर्जी लिमिटेडको तर्फबाट अध्यक्ष नर बहादुर पुनले हस्ताक्षर गरेका छन् ।
दरमा खोला हाइड्रो इनर्जी लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने एक सय रुपैयाँ अंकित दरका ३९ करोड ५० लाख रुपैयाँबराबरको ३९ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन तथा बिक्रीप्रबन्ध गर्ने सम्बन्धमा उक्त सम्झौता भएको हो । दरम खोला हाइड्रो इनर्जीको बाग्लुङको गलकोट नगरपालिका वडा नंं. ११ मा ९ दशमलव ६ मेगावाट क्षमताकोे जलविद्युत् आयोजना निर्माणको ८० प्रतिशत निर्माणकार्य सम्पन्न भइसकेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया